सांस्कृतिक सम्पदा समग्रता जीवनका
भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगर स्वीकारेका छन्। जनमनका चाहनाअनुसार ‘भक्तपुरका आमनागरिकका ढुकढुकी अनुरूपका ध्याउना बुझेर’ कतिपय खेमामा लिच्छविकालीन चाँगुनारायण मन्दिर, मूर्ति, चोक आँगन, अनन्य प्रतिमा, मूर्ति विद्यमान छन्। चाँगुनारायणको संस्कृत वाङ्मयमा चम्पक नारायण ‘चम्पकको तदर्थ शब्द चाँपको घारी’ मल्लकाल नेवारवंशीय थिए, ‘नेपाल भाषा नेवाल जातीय भाषा’नेपाल भाषामा र–ल अक्षर ध्वनि विज्ञानअनुरूप समानान्तर उच्चारण हुने, गरिने भाषिक लवज रहेका छन्। प्राचीन अवस्थामा कुँडिएका शिलापत्रहरूमा तदरार्थमा कतै र कतै ल अभिलिखित छन्। यसैगरी भक्तपुरको नाम खोप्रिङ थिए। गोपाल वंशावलीअनुसार ज्ञात हुन्छ। हाम्रो अहिलेको सरोकार भक्तपुर नगरपालिकाद्वारा चलाएको गुन्हीपुन्ही चाडपर्वमा प्रदर्शित नृत्य, नाच आदि हुन्।
सा=गाई, पारु=परेवा तिथि। परेवा तिथिमा मल्लकालदेखि नै गुन्ही पुनि चाड प्रारम्भ हुने मानिआएको छ। निरन्तर अध्यावधिक छ यो। यसलाई नैरन्तर्य भनिन्छ। अन्तर्य नै जसको जनजनका रगत नलीमा भिजिएको छ। पुस्तान पुस्तामा स्वतः स्फूर्त आफैं फक्रने प्रक्रियारत। यो बौद्धिक, सांस्कृतिक अनुरागरत चेतनतरतत्व। गाईजात्रा पर्वको सिलसिलामा नेपालका आदिवासी नेवारका वंशज सांस्कृतिक सम्पदा बनेको छ। परन्तु यसको मोहक मह सबै नेपाली र विश्वजनमा नि महकिन नसक्ने होइन। हामी आफंैमा अनुभूतिका महक महकिँदो छ। भविष्य महकिनु आफैंमा उजेलिनु। विश्वस्तता सकारात्मक पहिचान बुद्धत्वको अनुराग। अनुराग जीवनतत्वको सार्थक परिचय। सकारात्मक सोच मार्ग जीवनकै नैरन्तर्य ठाने मानेर जीवनायु टन्काइरैछु। टन्क्याइयो उपहार जीवनवृत्तभरि फनफनिँदै सांस्कृतिक अनुरागी चेतनापुञ्जहरूमा।
सापारू/गाईजात्रा पर्वका पौराणिक धारणामा दिवंगत आत्माका संस्मरणमा नगर परिक्रमा गर्ने। नेपालका राजधानी उपत्यकाका जिल्लाहरूमा आ–आफ्नै पारामा झाँकी बनाई नगर परिक्रमा गर्ने गराउने प्रथा छ। परम्परागत संस्कार–संस्कृति–सम्पदा– यो। युग परिवर्तन भएको छ। संस्कार संस्कृति क्रमिक तवरले प्रत्यार्वर्तन हुन थालेको सबैले अनुभूत गर्दैछौं। यस परिप्रेक्ष्यमा मनन् गर्दा दिवंगत आत्माको वार्षिक मृत्युगणना पद्धति त्यस प्राचीन अवस्थामा प्रचलित रहेको तपका उजागर हुँदो पाइन्छ। खोज, अनुसन्धानका अनेक पहल प्रकरण हुन सक्दो सोच यो। एकै कुराको अनेकार्थी तप्का हुन सक्छन्। उलटपुलट गरी हेर्नु त खोजिनीतिका प्रकरण हुँदो हो। मनको धोका समाज समक्ष राख्नु जनमनलाई सम्मान ठान्छु।
परापूर्वकालीन परम्परागत मकुण्डे नाच अर्थहीन होइन, हामीले अर्थ लगाउन नसक्नु देख्छु, बुझ्छु। पुर्खाको शक्ति अनमोल छ। मूल्यवान् छ।
भक्तपुर टेलिभिजन च्यानलले सापारु/गाईजात्रापछि साँझपख स्थानीय परम्परागत सांस्कृतिक नाचगान, बाजागाजा एक घण्टा लगातार छायांकन गरी प्रस्तुत गरेको थियो। भादगाउँ दूरदर्शन यन्त्रको सौजन्य महान् लाग्यो। चाहेर पनि शारीरिक अशक्ततावश निष्ठाछेँ, निष्ठा घरमै जकड्निु परेको मजस्तो निरीहहरूका लागि जान्ने सिक्ने अनुपम अवसर बन्यो। यस्ता स्थानीय सांस्कृतिक सम्पदामूलक गतिविधि अचुक आनन्दका अजश्र स्रोत बन्दो रहेछ।
दूरदर्शनयन्त्र साधन मात्र मनोरञ्जनका मूल होइन। यसको सदुपयोगबाट स्वास्थ्यवद्र्धक मनोचिकित्सा मूलो नै बन्दछ। यसबाट लाभहानि प्रयोगकर्ताकै हातका चुट्किलो बन्दोरैछ। अनुभूति लिँदै ज्ञान आर्जिरैछु। ज्ञानका स्रोत अजस्र रहेछ। जीवनका हरपल मोडमा उत्तिकै टपटपी रहेकै हुँदो पाइरहेछु। कति मिठास भरेको यो जीवन्त अनुभूति वाहवाह जप्छु। यस्तै समसामयिक मौसमी सांस्कृतिक जीवन सम्पदाको अन्तरङ विश्लेषण गर्दै गुजारा गर्दैमा आनन्दित छु। शुभेच्छा सद्भावुक महानुभाव वृन्दकै।
सापारु पर्वको साँझपखै नगरपालिकाले मूल्यांकन गरे गराइएका विविध मौलिक सांस्कृतिक संस्कारमूलक सम्पदा पुञ्ज रोचक लाग्यो औधि। भादगाउँ दूरदर्शनका व्यवस्थाभित्र तुलसी त्वायनाजूले बताए। त्यो त २०६१ सालको मूल्यांकन अभियान। निरन्तर निरबछिन्न प्रयासले सफल र सुदृढ हुँदो रहेछ। लगनशील प्रयासले सुदृढ अभियान भरिँदो रहेछ। सृदृढ अभियानले सार्थक प्रयास हासिल हुँदो रहेछ। आफैंले आफूसित सम्बेदना पोख्दै गरें आफैंले। मनको ढुकढुकी छामिरहेछु। सम्पदा सुदृढीकरण निमित्त कोरा नारा होइन, दृढसंकल्प चाहिँदो रहेछ। राजनीतिले आम नरनारी, युवकयुवतीलाई फुस्रो नाराका आवेग भर्न लाउने मन्त्र दिँदारहेछ। सांस्कृतिक अभियानले सुदृढ संकल्पसहितको कर्मठ सीपमूलक कर्तव्यनिष्ठता भरणपोषण गर्दोरहेछ। जन्मदाता माटोको महिमासित गाइरहेछु।
ख्याक नृत्य/ख्याग्वारा प्याखं
ख्याक नृत्यको मूलस्वरूप हो, एक जोडी ख्याक भाले पोथी नाच्ने। दुई ख्याक एकापसमा आकर्षण गर्दै, हुँदै घुम्दै फिर्दै टहल्छन्। दुई ख्याक टहल्दा टहल्दै तातिन्छन्। तातिनुको तात्पर्य यौनायपूर्ण गतिविधिजन्य हुन्छ। यसको लाक्षणिक अर्थ संकेत हुन्छ। लक्षणले मात्र बुझ्नुपर्ने अर्थ विन्यास मूल मन्त्र भाव बन्छ। दीक्षा मन्त्र साधना गर्ने साधक बुझ्छन्। प्रत्येक क्रियाकलापका साधकहरू यसलाई गोप्य ठान्छन्। बजाउने प्रत्येक अंग एकाइका साझा सम्पदा संस्कारै हो यो। बाजागाजाका साथ साधनाका साधन प्रयोग प्राविधिक पक्ष हुन्। यान्त्रीकरण र विकसित समुुदाय र मुलुकमा आर्थिक आर्जनका आधार खडा गरिएका हुन्छन्।
परेवा तिथिमा मल्लकालदेखि नै गुन्ही पुनि चाड प्रारम्भ हुने मानिआएको छ। निरन्तर अध्यावधिक छ यो। अन्तर्य नै जसको जनजनका रगत नलीमा भिजिएको छ। पुस्तान पुस्तामा स्वतः स्फूर्त आफैं फक्रने प्रक्रियारत।
हाम्राजस्ता उदार चरित्रभाव स्वभावका मुलुुकमा धर्म धारणमा, समाज कल्याणका धारणामा, समाज सेवाका धारणामा आस्था धर्म ठामिमानी हुन्छन्, हुने गर्छन्। भलै यस घडी भक्तपुर नगरपालिकाले यस कर्मयोगलाई नागरिक दायित्व बहन गर्ने कर्तव्य निष्ठाभाव राखेको छ। सांस्कृतिक गतिविधिहरूको सामूहिक मूल्यांकन समितिका विज्ञबाट समुदायको लेखाजोखा गराई सार्वजनिक सराह्रना प्रोत्साहन गर्दै आएको छ। यसले स्थानीय परम्परागत सांस्कृतिक सम्पदाको दीर्घकालीन उज्यालो भविष्य निर्माण गर्दो हुन्छन्।
कँलाली प्याखँ
कँलाकी एक प्रकारको पूजा सरजाम सँगालेर राख्ने भाँडो। बाँसका स–साना कप्टेराहरू चिरेर रंग्याइन्छन्। रातो, गुलाबी, हरियो, नीलो आदि रंगमा डुबाइन्छ। ती रंगीन कप्टेराहरू सुकेपछि सीपवान नरनारी, युवकयुवती मिलेर कँलाली बुन्छन्। स–साना दुई कँलाली एक अलि मोटो कप्टेराले गाँसिन्छन्। एक युवती निहुरेर कहिले दाहिने कहिले बायाँ कँलाली चलाउँदै नाच्छन्। निहुँरिँदै कँलाली चलाउँदै गर्दा रोचक लयमा विशिष्ट लवदार गाना बजाना हुन्छन्।
गान बजान बाजा टोलीले गर्छन्। गतिबोल रौनक मजेदार हुन्छन्। नाचगानको अन्त्यमा मिठासपूर्ण बोलमा बिदाबारी माग्दै अनुमति चहार्छन्। यसरी सांस्कृतिक शिष्टाचार प्रदर्शन गर्ने गर्दछन्। गीतकै लयदार बोल फुटाउँछन्। यसरी ‘वानेमानी तापालय् थेंका बिदा विउहुने जिमित...’ जानुपर्छ/लाग्नुपर्छ। टाढा टाढा बिदा दिनु हुनेछ हामीलाई...।
कवं। चुंपाक–नरकंकाल नाच
कवं। चुंपाक नाच दुई रहस्यमय मकुट नाचमा हुने गरेको छ। लाखेनाच र देवीनाचमा। कवं। चुंपाक लाखेनाचमा एक। देवी नाचमा दुई। लाखे नाचमा कवंको भूमिका लाखेलाई जिस्काई समाज समुदायबाट घनघोर जंगलतर्फ धपाउनु भगाउनु उद्देश्यमूलक छ। देवी भगवती नाचमा देवीकै सेवक सेविकाको भूमिका निर्वाहका रूपमा। दुई भिन्न भूमिका निर्वाह गर्दाको कवंचाको चाल गति फरकफरक हुन्छ।
गम्भीर ध्यान चिन्तन मग्न अवलोकन अपेक्षित हुन्छ। तन्त्र साधनामा दीक्षित वर्ग, समुदाय यसलाई ध्यान भन्छन्। ध्यानावस्थामा रहन अवलोकन एकाग्र एकचित्त ध्यान मग्न रहनु अपरिहार्य हुन्छ, छ नै। परापूर्वकालीन परम्परागत मकुण्डे नाच अर्थहीन होइन, हामीले अर्थ लगाउन नसक्नु देख्छु, बुझ्छु। नाच्न नजान्ने आँगन टेढो, मंगले मंगले आफ्नै ढंगले पुर्खाको शक्ति अनमोल छ। मूल्यवान् छ।