एक किलो सुनसहित भारतीय नागरिक प्रक्राउ

एक किलो सुनसहित भारतीय नागरिक प्रक्राउ

काठमाडौं : एक किलो अवैध सुन ल्याएको आरोपमा ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानान प्रक्राउ परेका छन्।  

राहदानी नम्वर ११२२८९० रहेका राहुल शनिबार फ्लाई दुर्वइको उडानबाट काठमाडौं आएका थिए। विमानस्थलको आगमन कक्षबाट शनिबार उनी प्रक्राउ परेका हुन्। 

उनको व्यवहार शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले उनलाई निगरानी गरेको थियो। उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गराउदा उनको पेटमा वेलना आकारको शंकास्पद वस्तुको आकृति देखिएको थियो। 

प्रहरी वृत गौशालामा ल्याएर शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको चारवटा पोका फेला परेपछि पक्राउ गरेको हो। उनलाई भन्सार कार्यालयमा बुझाइएको र थप अनुसन्धान भैरहेको प्रहरी वृत गौशालाले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.