नेपालगन्जको एकलैनी क्षेत्रमा भूकम्पको जोखिमबारे अध्ययन

नेपालगन्जको एकलैनी क्षेत्रमा भूकम्पको जोखिमबारे अध्ययन

नेपालगन्ज : नेपालगन्जको पुरानो तथा घना बस्तीमध्येको एक एकलैनी क्षेत्रमा भूकम्पबाट हुने सम्भावित जोखिमबारे अध्ययन हुने भएको छ। 

युनिसेफसँगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सुपर परियोजनाअन्तर्गत सहरी क्षेत्रको घनाबस्ती रहेका नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.३ र ७ का सबै घरहरूको भौतिक संकटासन्नता सर्वेक्षण गर्न लागेको हो। 

सर्वेक्षण १५ दिनभित्र सम्पन्न हुने छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार नेपालगन्जको एकलैनी, गगनगन्ज, डीएसपी रोड क्षेत्रका दुवै वडाका गरी एक हजार एक सय घरमा सर्वेक्षण हुँदैछ। 

ज्ञवालीले भने, 'सर्वेक्षणले पहिलो प्राथमिकतामा भूकम्प, दोस्रोमा आगलागी, तेस्रोमा बाढीको समस्याबारे अध्ययन हुनेछ। लामो समयदेखि पश्चिममा भूकम्प नगएकाले पुराना र जीर्ण घर अनि बाक्लो बस्ती जोखिमको उच्च जोखिममा छन्।'

शुक्रबार नेपालगन्जमा भएको समन्वय बैठककमा सर्वेक्षण बारे जानकारी गराइएको थियो। सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत जोखीमयुक्त घरहरूको पहिचान गरी नगरभित्र विपद् पूर्वतयारी गरी संरचना निर्माण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रकाश डिसीले बताए। 

रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सझनाले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले सहरी विपद् जोखिम न्यूनीकरणमा उल्लेख्य भूमिका निभाउने विश्वास व्यक्त गरे। 

नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले घरहरूको जोखिम पहिचान भइसकेपछि बिमा कार्यक्रमलाई नगरमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्वबारे जानकारी गराएका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.