जति तातो उति भाइरस

जति तातो उति भाइरस

नयाँ अध्ययनअनुसार भविष्यवाणी गरिएको छ कि सन् २०७० सम्ममा जलवायु परिवर्तनले हजारौं नयाँ भाइरस कैयौं प्रकारका जनावरहरूमा फैलिने छन्। शोधकर्ताहरूको भनाइमा यस किसिमको प्रसारले जनावरहरूबाट मानिसमा आउने नयाँ रोगहरूको जोखिम बढ्नेछ। यी जनावरहरूमा तीन हजार प्रकारका स्तनधारी, बिरालो, चमेरो, ह्वेल एवं मानिस सामेल हुनेछन्। वैज्ञानिकहरूले एउटा मोडेल (नमुना) तयार पारेका छन्। जसले देखाएको छ कि यदि विश्व २ डिग्री सेल्सियस तातो भयो भने कसरी यी प्रजातिहरू आउँदो ५० वर्षमा प्रवेश गर्ने छन् एवं भाइरसलाई साझा गर्नेछन्।

हालको शोधले सुझाव दिएको छ कि यस प्रकारको तापमान वृद्धि सम्भव छ। वर्तमानमा फैलिएको कोभिड–१९ ले आफ्नो छवि हाम्रोसामु प्रस्तुत गरिसकेको छ तीन वर्षको अवधिमा। अहिलेसम्म विश्वभरिमा ६० लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। यस महामारीको मुख्य कारक पनि जनावर नै हो। लगभग १० हजार भाइरस प्रजाति मानिसलाई संक्रमित गर्ने क्षमता राख्छन्। तर वर्तमानमा यीमध्ये विशाल संख्या जंगली स्तनधारीहरूमा निष्क्रिय रूपले विचरण गरिराखेका छन्। जहाँ यी प्रजाति निवास गर्छन् त्यहाँ जलवायु परिवर्तन भइराखेको छ। जसैजसै तापमान बढ्दै छ एवं वर्षामा परिवर्तन आउँदै छ। केही प्रजातिहरू जसले यस परिवर्तनलाई सहन सक्षम छैनन्। तिनले आफ्नो अनुकूल जलवायु परिस्थितिहरू भएको नयाँ क्षेत्रहरूको खोजी गर्न विवश हुनेछन्।

केही प्रजाति जो आफ्नो ठाउँ परिवर्तन गर्नमा सक्षम छैनन्, ती विलुप्त हुने अवस्थामा छन्। जलवायु एवं भूमि उपयोगमा परिवर्तनले वन्यजन्तुहरूको भौगोलिक स्थिति पनि बदलिँदो छ। जसका कारण अलपत्र परेका प्रजातिहरूका बीच भाइरस साझाकरणको नयाँ अवसर उत्पन्न हुँदैछ। वैज्ञानिकहरूले अनुमान लगाएका छन् कि विभिन्न प्रजाति व्यापकरूपमा जैविक विविधता भएका हटस्पट तथा एसिया एवं अफ्रिकामा उच्च मानव जनसंख्या घनत्वका क्षेत्रहरूमा एकत्रित हुनेछन्। जसले गर्दा तिनको भाइरस क्रस–प्रजाति संरचणको अनुमान चार हजार गुणा बढ्ने छ। यिनको अद्भुत फैलिने क्षमताका कारण चमेरो नोबेल भाइरस साझाकरणमा प्रमुख भूमिका निभाउनेछ। यस्तै विकासवादी मार्गहरूको माध्यमबाट भाइरस साझा गर्नेछन्।

आश्चर्य हुनुपर्ने कुरा त यो छ कि यो परिस्थितिक संक्रमण पहिलेदेखि नै चलिराखेको छ एवं शताब्दीभित्र २ डिग्री सेल्सियसका मुनि तापमान राख्नाले भविष्यमा भाइरल साझाकरण कम हुने छैन। शोधकर्ताहरूका अनुसार सबै भाइरस मानिसमा फैलिने छैनन् वा कोभिड–१९ जस्तो व्यापक महामारीको कारण बन्ने छैनन्। यद्यपि अध्ययनअनुसार क्रमशः प्रजातिको भाइरसको संख्या बढ्नाले यिनको मानिसमा फैलिने जोखिम बढ्नेछ। अध्ययनले विश्वभरिमा दुई प्रमुख संकट जलवायु परिवर्तन एवं संक्रामक रोगको प्रसारतर्फ इशारा गर्छ। जुन जनावरहरूबाट मानिसमा रोगहरू फैलिने कारण बन्न सक्छ। पछिल्ला अनुसन्धानहरूमा देखिएको छ कि वनजंगल फँडानी प्रजातिहरू लोप हुने एवं वन्यजन्तुहरूको व्यापारले पशु–मानव रोग फैलिने कारण बनेको थियो।

यस कुरामा कम अनुसन्धान भएको छ कि जलवायु परिवर्तनले यस खाले रोगको प्रसार कसरी प्रभावित गर्न सक्छ ? जलवायु परिवर्तन एवं संक्रामक रोगमाथि धेरै विशेषज्ञ यस कुरासँग सहमत छन् कि तापमान बढ्नाले नयाँ भाइरस उत्पन्न हुने जोखिम बढ्नेछ। एक वैज्ञानिक समीक्षाअनुसार सन् २००८ मा विश्वभर ४० हजार प्रजातिको बदलिँदो जलवायु परिस्थितिहरूको परिणामस्वरूप लगभग आधाले पहिले नै आफ्नो बासस्थान बदलिसकेका छन्। सामान्यतः यी प्रजाति चिसो तापमानको खोजीमा पृथ्वीको धु्रवतिर बढ्दै छन्। समीक्षाका अनुसार जमिनका जनावर १० मिल प्रतिदशकको औसत दरले अघि बढ्दै छन्।

समुद्री प्रजातिहरूप्रति दशक ४५ मिलका दरले अघि बढ्दै छन्। अनुसन्धानले विशेषगरी यस कुराको जाँच गरेको छ कि जलवायु परिवर्तन नयाँ क्षेत्रहरूमा जाँदा पहिलोपटक प्रजातिहरू एकअर्कोको सम्पर्कमा आउने सम्भावनालाई कसरी प्रभावित गर्न सक्छ भनेर। जलवायु परिवर्तनका कारण प्रजातिहरू नयाँ संयोजनहरूमा देखिनेछन्। उनीहरूले कहिलेदेखि यस्तो गर्नेछन् भने यसले तिनका लागि एकआपसमा भाइरस साझा गर्ने अवसर हुनेछ। रोगजनक साझा गर्नेबाहेक प्रजातिबीच पहिलो संघर्ष पनि नोवेल भाइरसलाई विकसित गर्न एउटा मञ्च प्रदान गर्नेछ। परिणामहरूका अनुसार उत्सर्जन परिदृश्यको प्रवाह नगरी स्तनपायी प्रजातिहरूको विशाल समूह आफ्नो सम्भावित भविष्यको सीमामा कतै न कतै कमसे कम एउटा अपरिचित प्रजातिसँग खप्टिने अवस्था हुनेछ।

अध्ययनअनुसार भविष्यको उत्सर्जन परिदृश्यअन्तर्गत यो ३० हजारभन्दा बढी पहिलो संघर्षको अनुमति दिनेछ। अनुमान गरिन्छ कि यी प्रजातिहरूका बीच पहिलो संघर्षमा कमसेकम एउटा नोबेल भाइरसको न्यूनतम १५ हजार क्रस प्रजाति संचारणका घटनाहरू हुनेछन्। यी निष्कर्षहरूबाट थाहा पाउन सकिन्छ कि जलवायु परिवर्तन सन् २०६० सम्म क्रस–प्रजाति भाइरस संचरणलाई सजिलैसँग प्रमुख मानव चालक बन्न सक्नेछ। यी क्रस–प्रजातिहरूको संचरणका घटनाहरूको सम्भावित ठाउँहरूको मानचित्रण गरेको पाइएको छ। कि यी जैविक विविधता एवं अफ्रिका तथा एसियाको बढी आवादी छ। यो तापमान परिवर्तनको स्थितिमा सजिलै नयाँ क्षेत्रहरूमा स्थानान्तरित हुन सक्छन्। अनुसन्धानकर्ताको भनाइमा स्तनधारीहरूका बीच भाइरस साझाकरणमा अभूतपूर्व वृद्धि निम्न तथा उच्च उत्सर्जन परिदृश्य दुवैको अन्तर्गत हुने सम्भावना छ। जलवायु परिवर्तनलाई निष्टारा गर्न तत्काल कारबाहीको सुझाव जोखिम कम गर्न धेरै सहायक हुनेछ।

हामी एउटा यस्तो युगमा बाँचेका छौं जहाँ प्राकृतिक पारिस्थितिक तन्त्रमा हाम्रा प्रभावले गर्दा अझ बढी महामारी उत्पन्न हुनेछन्। जे भइराखेको छ त्यसलाई रोक्न सकिन्छ। यहाँसम्म कि सबैभन्दा राम्रो स्थितिमा जलवायु परिवर्तनका परिदृश्यमा पानी एवं हामीलाई पशु तथा मानव आवादीको रक्षाका लागि स्वास्थ्य आधारभूत ढाँचाहरू निर्माणका लागि उपाय गर्नुपर्ने आवश्यकता छ। गम्भीर रूपले यस मजबुत आधारभूत ढाँचालाई जंगली जनावरहरू तिनका गतिविधिहरू एवं तिनका रोगहरूको सक्रिय निगरानीसँग जोड्नु पर्नेछ। जसले गर्दा यो सुनिश्चित हुन सकोस् कि हामी वैश्विक परिवर्तनको धड्कन माथि आफ्नो औंला राख्न सकौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.