बैंकमा पुँजीको चरम अभाव, कर्जा प्रवाह गर्नै सकस

बैंकमा पुँजीको चरम अभाव, कर्जा प्रवाह गर्नै सकस

काठमाडौं : बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव चर्किएको छ। किनभने सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये एक दर्जन बैंकको कर्जा प्रवाह क्षमता कसिलो छ। ३ वटा बैंकले त सीमा नै नाघेर कर्जा प्रवाह गरेकाले अब घटाउनुबाहेकको विकल्प नै छैन।

नेपाल राष्ट्र बैंकले विस २०७९ असारदेखि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमा पार गर्नेलाई कारबाही गर्ने भनेको छ। यसका बाबजुद पनि सेञ्चुरी, नबिल र नेपाल बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले ९० प्रतिशतको सीमा नाघेको छ। साउन मसान्तमा सेञ्चुरी बैंकको सीडी रेसियो ९१.६३ प्रतिशत, नबिल र नेपाल बैंकको ९०.९२ प्रतिशत पुगेको छ। 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट सीडी रेसियोमा मासिक औसत क्रस गरेमा हर्जना लगाउने व्यवस्था भएकाले यसलाई लागू गरिने बताउँछन्।  उनका अनुसार राष्ट्र बैंक ऐन २०५८ को दफा ९९ बमोजिम मासिक औसत सीडी रेसियोको सीमा नाघ्यो भने  हर्जना लगाउने व्यवस्था छ। यसअनुसार राष्ट्र बैंकको एकीकृत निर्देशन  नम्बर ५ मा भनिएको छ, ‘कर्जा–निक्षेप अनुपातको अनुगमन दैनिक रूपमा गरिनेछ। मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभागमार्पmत हर्जना लगाइनेछ।’

साउन ३१ गतेसम्ममा बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको छ। असारसम्ममा बैंकसँग कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँबराबरको निक्षेप थियो।

बैंकहरूले तोकिएको सीमा नघाएपछि समस्या हुने भएकाले अब क्षमता कसिलो भएकाले कर्जालाई निरुत्साहित गर्न उनले सुझाव दिए। ‘केन्द्रीय बैंकको नियमनभित्र बस्नु पर्‍यो। नीतिगत व्यवस्था पालना गरिदिनु पर्‍यो।  सीडी रेसियो सीमाभित्र राख्नु पर्‍यो। बैंकहरू आफ्नो कार्यक्षेत्र,  पोर्टफोलियोमा व्यवस्थित तरिकाले बस्न जरुरी छ। नत्र अर्थतन्त्रमा समस्या आउन सक्छ,’ प्रवक्ता डा. भट्टले भने। 

बैंकहरूको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल नीतिगत व्यवस्थाअनुसार बैंकहरू कारबाहीको भागीदार हुन सक्ने बताए। ‘बैंकर्स संघले निकालेको तथ्यांकले तीन बैंकको सीमा नाघेको देखियो होला। तर, हामीले पनि गणना गरेर हेर्छौं। यसअनुसार सीमा नाघेमा नियमअनुसार हर्जना तिर्नुपर्छ,’ उनले भने। एकातिर बैंकमा कर्जाको माग पनि खासै घटेको पनि छैनभने अर्कोतर्फ बैंकहरूले गर्ने लगानीले कर्जा निक्षेप (सीडी रेसियो) अनुपात झन् कसिलो बन्दै गएको छ। संघका अनुसार साउन ३१ गतेसम्ममा उक्त रेसियो औसत ८८.०७ प्रतिशत पुगेको छ। जबकि नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सीडी रेसियो ९० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको थियो। यद्यपि बैंकहरूले गत आर्थिक वर्षभर पूरै तरलता (लगानी योग्य रकम) अभावमा बिताएका थिए। यसकारण गत आवमा सञ्चालनमा रहेका प्रायः सबै वाणिज्य बैंकहरूको कर्जा निक्षेप (सीडी रेसियो) कसिलो थियो। यस पटक पनि अवस्था त्यस्तै हुने संकेत देखिएको छ। 

  •     दर्जन बैंकको कर्जा क्षमता कसिलो 
  •     क्षमता कसिलो भएकाले कर्जालाई निरुत्साहित गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ

बैंकर्स संघले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा सीडी रेसियो ९० प्रतिशत कटाएका ३ बैंकबाहेक ८ बैंकको कर्जा क्षमता एकदम कम छ। जसमा ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एन्ड कमर्स, बैंक अफ काठमाडौं, हिमालयन, कृषि विकास बैंक, कुमारी र प्राइम बैंक रहेका छन्। सो बैंकको सीडी रेसियो ८९–९० प्रतिशतको बीचमा रहेको छ। यी बैंकलाई थप कर्जा प्रवाहमा चुनौती देखिएको संघको तथ्यांकले देखाएको छ। यसबाहेक मेगा, सिद्धार्थ र सनराइज बैंकको सीडी रेसियो ८८–८७ प्रतिशत छ। यसपछि सिटिजन्स, एनएमबी, सिभिलको सीडी रेसियो ८७–८८ प्रतिशत  छ। यसबाहेकका ९ ओटा बैंकको भने ८७ प्रतिशतदेखि ८२ प्रतिशतसम्म रहेकाले तरलता केही खुकुलो छ। यद्यपि प्रभु बैंकको भने ८२.८८ प्रतिशत सीडी रेसियो भएकाले खुकुलो अवस्थामा रहेको छ। 

यसैगरी वाणिज्य बैंकहरूबाट साउन ३१ गतेसम्म कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत जेठसम्ममा कुल कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ प्रवाह भएकोमा १८ अर्ब रुपैयाँले घटेको संघले बताएको छ। बैंकको मुख्य स्रोत संकलन घट्दै गएकाले थप कर्जा प्रवाह पनि कसिलो बन्दै गएको बैंकरहरू बताउँछन्। 

साउन ३१ गतेसम्ममा बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको छ। असारसम्ममा बैंकसँग कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँबराबरको निक्षेप थियो। साउन लागेलगत्तै प्रत्येक साता बैंकबाट अर्बौं रुपैयाँ निक्षेप घट्दै गएर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित भएको छ। 

साउनको पहिलो सातामात्रै ६४ खर्ब रुपैयाँले निक्षेप घट्दै पाँचौं साता १ खर्ब ८ अर्ब रुपैयाँले निक्षेप संकलन ऋणात्मक भएको नेपाल बैंकर्स संघले बताएको छ। जबकि यसअघि जेठसम्ममा ४४ खर्ब रुपैयाँमात्रै निक्षेप थियो। यसको तुलनामा असारमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा थपिएको थियो। तर, चालू आर्थिक वर्ष सुरु भएपछि बैंकको पैसा कहाँ गयो भन्नेमा बैंकरहरू पनि अचम्मित छन्। दिनप्रतिदिन बैंकमा निक्षेप घट्दा संकट पैदा हुन लागेको छ। किनभने कर्जा प्रवाहको मुख्य स्रोत नै निक्षेप हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.