हेलिकोप्टरबाट उद्धार गरिएकी महिलाको अवस्था सामान्य, शिशुको मृत्यु
बैतडी : बैतडीको सिगास-६ थलाकाडाकी २० वर्षीया गर्भवती बिन्दु धामीको अवस्था सामान्य छ। बच्चाको भने मृत्यु भएको छ।
उनलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुर्याएको थियो। लामो समयको प्रसव पीडाका कारण बच्चाको मृत्यु भएको अस्पतालले जनाएको छ।
सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई अस्पताल लगिएको थियो। आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी थिइन्।