वडाबाटै राष्ट्रिय परिचय पत्र

वडाबाटै राष्ट्रिय परिचय पत्र

दाङ : दाङमा राष्ट्रिय परिचय पत्रलाई व्यवस्थित गर्ने नीति लिइएको छ। जिल्लाको तीन क्षेत्रबाट परिचय पत्रको काम हुँदै आएकोमा सेवाग्राहीको सहजताका लागि जिल्लाका एक सय वडा कार्यालयबाट सेवा दिन लागिएको हो।

जिल्ला प्रशासन कार्यालय घोराही र इलाका प्रशासन कार्यालय तुल्सिपुर र लमहीबाट हुँदै आएकोमा अब विवरण संकलनको काम वडा तहबाट गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरी वडाबाटै परिचय पत्रको काम गर्ने जानकारी दिएको हो। 

दाङका १६ वर्षमाथिका पाँच लाख बढी जनसंख्यालाई ३ देखि ४ महिनाभित्र राष्ट्रिय परिचय पत्र दिने गरि अभियान सञ्चालन गर्न थालेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टाराईले जानकारी दिए।  

विवरण संकलनका लागि एक वडामा कम्तीमा २ देखि ४ दिनसम्म काम गरिने महानिर्देशक भट्टाराईले बताए। अभियानका क्रममा सम्बन्धित वडाको नागरिकको मात्रै विवरण संकलन गरिने छ। 

दाङमा हालसम्म ४७ हजार ७८ ले राष्ट्रिय परिचय पत्र प्राप्त गरेको उनले जानकारी दिए। विवरण संकलन गरिसकेपछि विभागले परिचय पत्र जारी गर्ने छ। 

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएकाको विवरण संकलन हुनेछ। जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राष्ट्रिय परिचयपत्र बनाउने टोली वडा तहमै आउनु राम्रो भएको भन्दै अभियानलाई सबै नागरिकले सहयोग गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.