बनेपामा आठ बन्दकर्ता पक्राउ

बनेपामा आठ बन्दकर्ता पक्राउ

काभ्रे : बनेपामा मंगलबार आठ बन्दकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ। बिहान बनेपा चार दोबाटोमा जम्मा भएर बसमाथि ढुङगा प्रहार गर्दै गरेका आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। 

सडक बन्द गर्न खोजेको आरोपमा पक्राउ गरिएका सबै जिल्ला प्रहरी कार्यालय काभ्रेमा रहेको एसपी जोशीले बताए। 
पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य प्रमोद, विद्यार्थी नेता दयाराम, प्रशान्त, मण्डनदेउपुर– ४ का वडाध्यक्षको प्रत्याशी राजकुमार तामाङ, कलाकार संगीत, पल राउत लगायत रहेका प्रहरीले जनाएको छ। बनेपा पनौती चल्ने मिनी बसको सिसा फुटाएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो। हिजो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए।

विप्लवसँग गरेको तीनबुँदे राजनीतिक सहमतिविपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, भ्रष्टाचार, महँगीविरुद्ध देशैभर चार पार्टीले बन्दको आहवान गरेका थिए। 

त्यसैगरी जिल्लाको बिपि राजमार्ग धुलिखेल वडा नं ९ राना छापामा बन्द कर्ताहरुले राखिएको कुकर डिस्पोज गरिएको छ। बिहान बाटोमा कुकुर जस्तो देखिने बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका जिल्ला प्रहकरी कार्यालयले जनाएको छ। कुकरमा एमसिसी, भ्रष्टाचार, महँगीविरुद्ध नारा लेखिएको र केही तारसमेत भेटिएको एसपी जोशीले बताए। 

राजमार्गमा भेटिएको कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि राजमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.