प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता जारी

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बुधबार बिहान पौने १० बजे देउवा र ओलीबीच बालुवाटारमा भेट भएको हो।

बालुवाटार स्रोत अनुसार दुई शीर्ष नेताबीच प्रतिनिधिसभामा पेश भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, नागरिकता विधेयक र आगामी निर्वाचनको सम्बन्धमा छलफल भइरहेको छ। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक मंगलबारको बैठकमा पेश गरेका थिए। उक्त विधेयकका कतिपय प्रावधानमा एमाले, सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानव अधिकार आयोग मात्र होइन, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू पनि असन्तुष्ट बनेका छन्।

यसैगरी  राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को प्रतिनिधि सभामा बुँदागत छलफल नगरी हुबहु पारित गरेपछि एमालेले विरोध गरेको छ। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा गरेको छ। देउवा सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी कतिपय निर्णयहरु एकलौटी ढंगले गरेको भन्दै एमालेका नेताहरुले असन्तुष्ट व्यक्त गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.