सडकमा घाइते भेटिएका खत्रीको मृत्यु
बेनी : म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरस्थित सडकमा घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।
बेनी–दरवाङ सडकको सिमलचौर खण्डमा सोमबार राती गम्भीर घाइते अवस्थामा भेटिएका स्थानीय ४२ वर्षीय गणेशबहादुर खत्रीको बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक तिलक भारतीले मृतकको शरीरमा सवारी साधनले किचेको हुनसक्ने बताए । ‘मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ,'उनले भने,'शकास्पद एकवटा गाडी र सवारी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं ।’
दुर्घटना हुनअघि पछिको समयमा सो सडक आवतजावत गरेका अन्य गाडीहरुको पहिचान र सोधपुछ भइरहेको प्रनाउ भारतीले बताए ।
घटनास्थलको प्रकृति हेर्दाहिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ।