सुरक्षा घेरा तोडेर शिक्षण अस्पतालबाट कैदी फरार, सुरक्षाकर्मी मुकदर्शक

सुरक्षा घेरा तोडेर शिक्षण अस्पतालबाट कैदी फरार, सुरक्षाकर्मी मुकदर्शक

काठमाडौं : उपचारका लागि शिक्षण अस्पताल महारागञ्ज पुगेका एक जना कैदी फरार भएका छन्। ती जना सुरक्षाकर्मीसहितको टोलीले आँखा उपचारका लागि अस्पताल पुर्‍याइएका भानु बुढाथोकी फरार भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए।

डाक्टरलाई देखाउने बेला हत्कडी खोल्नेवितिकै झ्यालबाट भागेको निर्देशक घिमिरेले अन्नपूर्णलाई बताए। 'आँखा उपचारका लागि तीन जना प्रहरीले शिक्षण अस्पताल पुर्‍याएका रहेछन्। उपचारका लागि हत्कडी खोल्नेवितिकै कैदी झ्यालबाट भागेको कुरा मकहाँ आएको छ,' उनले भने।

 आवश्यक अनुसन्धान र कैदी खोज्ने काम भइरहेको उनको भनाइ छ। रामेछापका करिब ३२ वर्षीय बुढाथोकी ८ वर्षदेखि ललितपुरको नख्खु करागारमा कैद भुक्तान गर्दै आएका थिए। 

आँखामा किरा परेको भन्दै केही समयदेखि शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए। फलोअपका लागि शिक्षण अस्पताल पुगेका बुढाथोकी पूर्वयोजनाअनुसार भागेको हुनसक्ने प्रहरी स्रोतको दाबी छ।  सँगै गएका सुरक्षार्मीबारे पनि अनुसन्धान हुने प्रहरी स्रोतले भन्यो।

'कैदी आफैँ भागेको हो वा भाग्नलाई सुरक्षाकर्मी टोलीले सहज वातावरण बनाइदिएका हुन्। कैदीसँगसँगै सुरक्षाकर्मीबारे पनि अनुसन्धान गर्छौं,' स्रोतले भन्यो। ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.