अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

 काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काएको छ। काठमाडौंका मुख्य सहरी क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काइएको हो। महानगरले पार्किङ तथा फुटपाथका लागि छुट्ट्याइएको क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने अभियान सुरु गरेको हो।

संरचना भत्काउन महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैं खटिएका थिए। महानगरले मंगलबार सुन्धरास्थित काठमाडौं मल, आरबी कम्प्लेक्स र कोटेश्वर क्षेत्र, दरबारमार्गलगायतका स्थानमा अनधिकृत रूपमा बनाइएको संरचना भत्काएका हुन्।

महानगरले विशेष प्रायोजनका लागि अन्डरग्राउन्डको स्वीकृति लिएर पसल वा अन्य प्रयोजनमा प्रयोग गरेका स्थानलाई पनि खाली गराएको छ। बानेश्वर क्षेत्रमा पार्किङका लागि छुट्ट्याइएको क्षेत्रमा संरचना बनाएर पसल सञ्चालन भइहेकोमा महानगरले केही दिनअघि भत्काएको थियो। संरचना भत्काउने क्रममा व्यापारीले विरोध गरेका थिए। चाडपर्व नजिकिएकाले त्यसपछि पछि मात्रै हटाउन व्यापारीले हारगुहार गरेका थिए। तर, मेयर बालेन शाहले कानुन सबैलाई बराबरी भन्दै कसैको कुरा नसुनी संरचना भत्काएका हुन्। 

महानगरले ३५ दिनअघि नै अनाधिकृत संरचना भत्काउन सूचना जारी गरेको थियो। तर, व्यापारीले अटेरी गर्दै आएका थिए। महानगरले मंगलबार कोटेश्वर क्षेत्रको फुटपाथ पनि हटाएको छ। महानगरले व्यवसायीको सामान हटाउनुका साथै जफत पनि गरेको थियो। फुटपाथ, पुललगायतका क्षेत्रमा व्यापार–व्यवसाय सञ्चालन गर्दा पैदल यात्रुलाई हिँड्न सकस भएको महानगरले जनाएको छ। फुटपाथ व्यवसाय सञ्चालनमा रोक लगाएपछि फुटपाथ व्यवसायीले महानगरपालिका कार्यालय अगाडि नाराबाजी गर्नुका साथै मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन्। 

अव्यवस्थित र भद्रगोल पार्किङ र सडक छेउमा व्यापारका कारण अस्तव्यस्त बनेको काठमाडौं सहर सफा र सुन्दर देखिने जानकार बताउँछन्। हिँड्डुल गर्न सास्ती हुनेगरी फुटपाथ हटाइएपछि सर्वसाधारण खुलेआम हिँड्डुल गर्न पाएकोमा खुसी देखिएका छन्। बानेश्वर निवासी रामप्रसाद यादव काठमाडौं महानगरको कदमप्रति खुसी छन्। ‘फुटपाथको व्यापार र पार्किङले आउजाउ गर्न हैरान भएको थियो। अब सहज हुने भयो,’  यादवले भने। 

महानगरले सोमबारदेखि संरचना भत्काउन सुरु गरेका हुन्। महानगरले ३५ दिनअघि अन्डरग्राउन्ड पार्किङ अरू प्रयोजनमा नलगाउन भनेको थियो। त्यसको म्याद सकिएसँगै मेयर शाह संरचना भत्काउन सोमबार बानेश्वरबाट सुरु गरेका थिए। 

काठमाडौंका व्यापारी कम्लेक्सहरूले पार्किङको नक्सापास लिए पनि व्यवसाय सञ्चालनका लागि भाडामा दिएका छन्। महानगरले त्यस्ता संरचनाको खोजी गरी कारबाही गर्ने तयारी गरेको छ। पार्किङका लागि बनाइएका संरचना पार्किङमै प्रयोग गर्नुपर्ने महानगरले अभियान चालेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.