एकीकृत समाजवादीका सुदूरपश्चिमका पूर्वअध्यक्ष शाहीद्वारा पार्टी परित्याग

एकीकृत समाजवादीका सुदूरपश्चिमका पूर्वअध्यक्ष शाहीद्वारा पार्टी परित्याग

धनगढी : नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गरेका छन्। नेकपा एमाले विभाजन भएका बेला उनी माधव नेपाल पक्षमा लागेका थिए। आज एकाबिहानै फेसबुकमा स्टाटस हाल्दै पूर्व अध्यक्ष शाहीले समाजवादी त्याग गरेको घोषणा गरेका हुन्। 

उनले पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुलाई फाइदा पुर्‍याएकाले पछुतो र आत्मग्लानी भएको बताएका छन्। ‘२०५४ सालमा बामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ, भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनी पछि लागे। गत वर्ष पनि पुर्नगठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुजीवादीहरुलाई फाइदा पुर्‍यायो, त्यसबापत पछुतो र आत्मग्लानी भएको छ’ फेसबुकमा शाहीले लेखेका छन्।

उनले पछिल्ला ५/६ महिनादेखि पार्टीको काममा निष्कृय रहेको र आजका मितिदेखि पार्टी छोडेको घोषणा गरेका हुन्। ‘विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय अवस्थामा थिए, आजका मितिबाट म कुनै पनि दलसँग आबद्ध नरहेको घोषणा गर्दछु’ शाहीले लेखेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.