७५ प्रतिशतले पुराना सांसदलाई जिताउन चाहँदैनन् : सर्वे

७५ प्रतिशतले पुराना सांसदलाई जिताउन चाहँदैनन् : सर्वे

काठमाडौं : काठमाडौंका मतदाताले पुराना सांसदलाई जिताउन नचाहेको बताएका छन्। काठमाडौंका मतदातामाँझ गरिएको एक सर्वे अनुसार पुराना सांसदलाई जिताउन नचाहनेको हिस्सा ७५ प्रतिशत छ। २० प्रतिशतले मात्रै अहिलेको सांसदलाई जिताउन चाहेको बताए।

मिडिया आउटलेट एजेन्सीले काठमाडौंका क्षेत्र नम्बर १,४,५ र ८ क्षेत्रका १ हजार ४ सय ५८ जनासँग गरेको सर्वेका क्रममा ५ प्रतिशतले अहिलेका सांसद जिताउन चाहे/नचाहेको कुनै जवाफ नदिएको निर्देशक अरुण लम्सालले बताए। 

त्यसो त पछिल्लो समयमा राजनीतिक वृतमै एउटै व्यक्ति धेरै पटक सांसद बन्न नपाउने बहस हुन थालेको छ। कम्तीमा ३ पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था ल्याउनुपर्ने आवाज उठ्न थालेको बेला यस्तो सर्वेले राजनीतिक दललाई उम्मेदवार छनोट गर्न चुनौती थपेको लम्साल बताउँछन्। 

काठमाडौंका मतदाता पनि एउटै व्यक्ति दोहोरिने तर कुनै काम नगर्ने प्रवृतिप्रति आजित भइसकेकाले अबको निर्वाचनमा दलहरूले युवा उम्मेदवार छनोट नगर्ने हो भने ठूलो क्षति बोहोर्ने निश्चित भएको जानकारहरू बताउन थालेका छन्। 

पछिल्लो समयमा स्वतन्त्रको चाप बढ्दै गएको छ। स्थानीय तहको निर्वाचनका क्रममा काठमाडौंमा स्वतन्त्रबाट बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ, धनगदीमा गोपाल हमाल र बर्दिबासमा प्रल्हाद क्षेत्रीले निर्वाचन जिते। 

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित निकालेसगै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बन्नेको लर्को लाग्न थालेको छ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको चाप जस्तै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि स्वतन्त्रको माहोल देखिएको निर्देशक लम्साल बताउँछन्। 

अबको चुनावमा कसलाई जिताउन चाहनुहुन्छ भन्ने प्रश्नमा ७८ प्रतिशतले स्वतन्त्र उम्मेदवार जिताउन चाहेको बताएका थिए। १८ प्रतिशतले मात्रै राजनीतिक दलका उम्मेदवार जिताउन चाहेको जवाफ दिए। ४ प्रतिशतले भने कुनै जवाफ दिएनन्। 

मिडिया आउटलेटले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सुरुवाती काम कस्तो लागेको छ भनेर पनि प्रश्न सोधेको थियो। उक्त प्रश्नमा ५० प्रतिशतले राम्रो लागेको प्रतिक्रिया दिए। ३७ प्रतिशतले ठिकै लागेको बताए। ९ प्रतिशतले पहिलाको जस्तै, २ प्रतिशतले नराम्रो र २ प्रतिशतले कुनै जवाफ नदिएको लम्साल बताउँछन्।

उक्त सर्वेका क्रममा प्रतिनिधिसभाका सांसद मात्र नभई प्रदेश सांसदको पनि नाम थाहा नभएको जवाफ दिएका थिए। प्रदेश सांसदको कामबाट मतदाता सन्तुष्ट छैनन्। ७४ प्रतिशतले असन्तुष्टी जनाएका छन्। २२ प्रतिशतले मात्रै कामप्रति सन्तुष्ट भएको उल्लेख गर्दा ४ प्रतिशतले कुनै जवाफ दिएनन्।

काठमाडौंका १, ४, ५ र ८मा स्वतन्त्र उम्मेदवारले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। राजनीतिक वितृष्णा बढ्दै गएकाले उम्मेदवारले वैकल्पिक अनुहार चाहेको सर्वेका क्रममा देखिएको छ। 

मिडिया आउटलेट एजेन्सीले करिब २ हप्ताअघि उक्त क्षेत्रमा सर्वेक्षण गरेको थियो। सर्वेका क्रममा कुन कुन पार्टी मिलेर चुनाव लड्दा देशलाई फाइदा होला? भनेर पनि प्रश्न सोधिएको थियो। 

तर, मतदाताले कुनै पार्टी मिल्न नहुने प्रतिक्रिया दिए। ८४ प्रतिशत मतदाताले कुनै पनि पार्टी मिल्न नहुने जवाफ दिए। ६ प्रतिशतले माओवादी र कांग्रेस मिल्दा र ७ प्रतिशतले एमाले र माओवादी मिल्दा देश बन्ने बताए। ३ प्रतिशतले भने कुनै पनि प्रतिक्रिया दिएनन्। 

काठमाडौंका मतदातालाई आफ्नो क्षेत्रका सांसदको नामै थाहा नभएको पाइएको छ। ६२ प्रतिशतले सांसदको नाम थाहा नपाएको बताए। ३५ प्रतिशतले मात्रै सांसदको नाम थाहा भएको जवाफ दिए। ३ प्रतिशतले भने कुनै प्रतिक्रिया दिएनन्।
मिडिया आउटलेटले प्रमुख तीन पार्टीका शीर्ष नेता को राम्रो (विश्वास) मान्नुहुन्छ भन्ने प्रश्नमा सर्वे गरेको थियो। 

उक्त सर्भेक्षणमा एमालेका अध्यक्ष केपी शर्मा ओली अघि देखिएका छन्। ४६ प्रतिशतले ओलीलाई, २३ प्रतिशतले माओवादी अध्यक्ष पुष्कमल दाहाललाई र १५ प्रतिशतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वास गरेको मतदाताले बताए। १६ प्रतिशतले भने कुनै जवाफ दिएनन्। 

मिडिया आउटलेटले ५ जना पूर्वप्रधानमन्त्रीमध्ये को राम्रो मान्नुहुन्छ ? प्रश्नमा सर्वे गरेको थियो। उक्त सर्वेक्षमा ओली अघि देखिएका छन्। दाहाल भन्दा डा. बाबुराम भट्टराई अगाडि देखिएका छन्। 

४१ प्रतिशतले ओली, १५ प्रतिशतले भट्टराई, १३ प्रतिशतले दाहाल र ८ प्रतिशतले शेरबहादुर देउवालाई रुचाएको सर्वक्षेणका क्रममा देखिएको निर्देशक लम्साल बताउँछन्। ५ पूर्व प्रधानमन्त्रीमध्ये कसैलाई नरुचाउने २० प्रतिशत छन्। 

मिडिया आउटलेटले हाम्रो देश नबन्नुको मुख्य कारणमा पनि प्रतिक्रिया लिएको थियो। ७६ प्रतिशतले भ्रष्टाचारका कारण देश बन्न नसकेको जवाफ दिएका थिए। ६ प्रतिशतले महंगी, ७ प्रतिशतले बेरोजगार, ४ प्रतिशतले शिक्षा/स्वास्थ्य र ७ प्रतिशतले अन्य कारणले देश नबनेको जवाफ दिएका थिए। 

काठमाडौं क्षेत्र नम्बर १ मा वडा नम्बर १०, ११, २९, ३१ र ३२ का मतदातालाई सोधेको थियो। त्यस्तै निर्वाचन क्षेत्र ४ मा वडा नम्बर १, ७, ८, ३०, क्षेत्र नम्बर ५ मा वडा नम्बर २,३,४, ५ र क्षेत्र नम्बर ८ मा वडा नम्बर १३, १५, १९, २०, २३, २४, २५ मा सर्वे गरेको थियो। 

निर्देशक लम्सालले वडा कार्यालयमा आएका सेवाग्राहीसँग सोधेर सर्वे गरिएको बताए। मिडिया आउटलेटले स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर महानगरपलिकाका उम्मेदवारका विषयमा मतदातासँग सर्वे गरेको थियो। 


  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.