बिमा बीचैमा छाड्ने २९ प्रतिशत बढे

बिमा बीचैमा छाड्ने २९ प्रतिशत बढे

काठमाडौं : बिमाको पहुँच दिनप्रतिदिन बढ्दै छ। तर बिमा गरेर बीचैमा छोड्नेको संख्या पनि बढ्न थालेको छ। असारसम्ममा बिमितले १९ जीवन बिमा कम्पनीमा ८१ हजार ८ सय ६० बिमालेख बीचैमा छाडेका (सरेन्डर) छन्। यो गत आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो। 

यसरी बिमालेख त्याग्दा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँबराबरको बिमालेख रकम समर्पण (सरेन्डर) भएको छ। २०७७÷७८ असारसम्म बिमा गरेर निरन्तरता नदिने बिमितको बिमालेख संख्या ६३ हजार ३ सय ३१ थियो। २०७८÷७९ असारसम्ममा बीचैमा त्याग्नेको संख्या १८ हजार ५ सय २९ पुग्यो। हालसम्म कुल जनसंख्याको २७ प्रतिशतमा बिमाको पहुँच पुगेको छ। समितिका अनुसार बिमाशुल्कले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३.५८ प्रतिशत योगदान पुर्‍याएको छ। 

बिमा नगरेकालाई दायरामा ल्याउनुपर्ने बेलामा गरेकाले नै छाड्ने संख्या बढ्नुमा बिमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा मुख्य कारण रहेको सरोकारवाला बताउँछन्। तर, कतिपयले बिमालाई नवीकरण गर्न नसकेपछि सरेन्डरको बाटो रोज्ने गरेका छन्। यद्यपि कानुनले पनि बिमितलाई बिमालेख समर्पण गर्न पाउने अधिकार भने दिएको छ। जीवन बिमालेख खरिद गरेका बिमितले तीन वर्षसम्मको किस्ता तिरेपछि आफ्नो बिमालेख छोड्न गर्न पाउँछन्। यसले गर्दा पनि पोलिसी सरेन्डरको दर बढी भएको अनुमान गर्न सकिन्छ। यस्तो व्यवस्था अन्य मुलुकमा पनि छ। सरेन्डर आवश्यकताले भन्दा पनि विकृति हुन सक्ने भएकाले यसलाई कडाइ गर्दै बिमा समितिले यसको अवधि बढाएको थियो।

गत वर्षदेखि बिमा गरेर कम्तीमा ३ वर्षसम्म निरन्तर वार्षिक प्रिमियम तिरेपछि मात्रै छोड्न पाउने नीतिगत व्यवस्था गरेको छ। यसअघि दुई वर्षसम्म मात्रै प्रिमियम तिरेपछि बीचमै छाडेर आफ्नो पैसा लिएर छाड्न पाइने व्यवस्था थियो। बिमा गरेकाले यसरी बीचैमा छाड्दा खासै लाभ हुँदैन। किनभने सम्झौताअनुसार तोकिएको अवधिसम्म बिमा भुक्तानी पूरा नभए कम्पनीले दिने बोनसलगायतका सेवा तथा सुविधाहरू कटौती हुन्छ। 

  •     असारसम्ममा ८१ हजार ८ सय ६० बिमालेख बीचैमा छाडे 
  •    मुख्य कारण ‘बिमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा’ 

आवश्यकताअनुसार सुविधाका लागि सरेन्डर गर्न पनि सकिने बिमा समितिका अध्यक्ष सूर्य सिलवाल बताउँछन्। तर कतिपयले पूर्वयोजना गरेर गलत नियतले सरेन्डर गर्ने पाइएको उनले बताए। यसबारे समितिले छानबिन गर्न लागेको छ। जस्का लागि समितिले प्रहरीसँग पनि सहयोग मागेको अध्यक्ष सिलवालले जानकारी दिए। भने, ‘यसरी सरेन्डर गर्दा बिमितले कुल तिरेको प्रिमियमबाट ९५ प्रतिशत मात्रै पाउँछ। तर अभिकर्ताले यसबीच कमिसनबाट फाइदा दिन्छन्। जस्ले कम्पनीलाई पनि घाटा हुन्छ।’

बिमा कम्पनीका कतिपय अभिकर्ताले प्रलोभन देखाएर बिमालेख बिक्री गर्ने प्रवृत्ति देखिएका कारण बिमितले आफ्नो बिमालाई नवीकरण गर्न नसकेका युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण बताउँछन्। यसर्थ उनका अनुसार कतिपय अभिकर्ताले जबरजस्ती बिमा गरिदिने र एउटा कम्पनीका एजेन्टहरूले बिमितलाई फकाएर बिमा गरिदिँदा बीचैमा छोड्नेको संख्या बढेको हो। ‘यस्ता गैरकानुनी काम बढी हुने गरेको छ। यस्तो हुनु हुँदैन। यसबारे कम्पनीले खबरदारी गरिरहने हुन्छ। तर एजेन्टहरूले फकाएर गर्ने प्रवृत्ति बढी हाबी छ,’ उनले भने।  

नेपाल लाइफ र राष्ट्रिय बिमा संस्थानमा बिमा गरेर बीचमा छाड्ने अधिक छन्। नेपाल लाइफका २६ हजार ६ सय ३ बिमालेख समर्पण भएको देखिन्छ। यद्यपि सो कम्पनीको कुल बिमालेख पनि तुलनात्मक रूपमा बढी छ। यसपछि राष्ट्रिय बिमा संस्थानको १६ हजार ९ सय १७ बिमालेखको समर्पण भएको छ। यसपछिका कम्पनीको १० हजारभन्दा कम छन्। एलआईसीको ९ हजार ८ सय ६८, नेसनल लाइफको ७ हजार ५ सय ६६, एसियन लाइफको ७ हजार ३ सय ६३, मेट लाइफको ३ हजार ३ सय, प्राइमको २ हजार ९ सय, गुँरासको १ हजार ८ सय र सूर्या लाइफको १ हजार ५ सयको संख्यामा बिमालेख समर्पण भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.