अद्यावधिक गरिँदै मतदाता नामावली

अद्यावधिक गरिँदै मतदाता नामावली

गुलरिया : प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावली तयार पार्न दाबी विरोधसहित मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरिएको छ। भदौ मसान्तसम्म पूर्ण मतदाता नामावली ल्याउने गरी अद्यावधिक गर्ने काम सुरु गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय बर्दियाले अद्यावधिकका लागि सार्वजनिक गरेको तालिकाअनुसार भदौ १२ गते कार्यक्रमको सूचनासँगै मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर केसी कुँवरले बताए। 

भदौ १३ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन निवेदन दिनुपर्छ। जसअन्र्तगत नामावलीमा कसैको झुटा विवरण दिई नामावली समावेश गरेको भए विरोधमा उजुरी दिन पाइने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक मात्र कायम गर्न निवेदन दिन सकिनेछ।

मतदाता नामावलीमा नाम भई मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन भदौ १३–१६ गतेसम्मको समयसीमा तोकिएको कुँवरले जानकारी दिए। मतदाता नामावली अद्यावधिकपश्चात् दोहोरो नामसँगसँगै त्रुटिहरू सच्चिने विश्वास निर्वाचन कार्यालयको छ। मतदाता नामावली अद्यावधिक कार्य भदौ १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ। 

जिल्लामा व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलको प्रमुख सदस्यसहित जिल्ला निर्वाचन अधिकारी सदस्यसचिव रहेको पाँच सदस्यीय मतदाता नामावली व्यवस्थापन समिति गठन भएको छ। 

बर्दियामा ३ लाख १७ हजार ३ सय ६१ मतदाताहरू छन्। अद्यावधिकपश्चात् केही त्रुटिगत मतदाताको संख्या घट्ने अनुमान छ। त्यस्तै जिल्लामा १ सय ५३ मतदान स्थल र ३ सय ७१ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी कुँवरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.