युरोपदेखि एसियासम्म मानवको यायावर यात्रा
पृथ्वीको विकासक्रम
वैज्ञानिकहरूले पृथ्वीको सृष्टि भएको साढे चार अर्ब वर्ष भएको अनुमान गरेको जनकलाल शर्माको पुस्तक ‘हाम्रो समाज : एक अध्ययन’ मा उल्लेख छ । जसमा दुई अर्ब वर्षअघि पृथ्वी सृ्र्यबाट अलग भएको जनाइएको छ। भृ्गर्भशास्त्रीहरूले जीवनको उत्पत्ति ३० करोड वर्षअघि भएको मानेका छन्। २० करोड वर्षअघि गोही र सरिसृपहरू (घसे्रेर हिँड्ने) को उत्पत्ति भयो।
यसै कालचक्रमा पृथ्वीको जलवायुमा भयंकर परिर्वतन भएकोले कतिपय जीवका जातिहरू नष्ट भए। २ लाख ४० हजार वर्षअघि पृथ्वीमा हिउँ प्रलय भएर सारा पृथ्वी हिउँले ढाकियो। हिउँ युग पृथ्वीमा चार पटकसम्म जारी रह्यो। हिउँ युगले पृथ्वीमा ठृ्लो उथलपुथल ल्याइदियो। कैयौं प्राणी पृथ्वीबाट सधैंका लागि लोप भए भने कतिले आफ्नो अस्तित्व कष्टपृ्र्ण रूपमा जोगाउन सफल भए।
मानवताका लागि सीपको प्रयोग
नरु थापाको ‘किराँत मगर इतिहास’ पुस्तकका अनुसार ५० हजार वर्षअघि युरोपमा मानव जाति देखा पर्यो। यो जातिको ढुंगा मुख्य हतियार थियो। यहीँबाट गुफा युग सुरु भयो। जनावरको छाला ओढ्न र आगोको आविष्कार पनि यसैको सुरुआती भएको हो। विस्तारै चौथो हिउँ युग सकिँदै गयो। पृथ्वी पुन : तात्तिँदै गयो। २५ हजार वर्ष पहिले स्पेन र फ्रान्समा मान्छेको अर्को जाति देखा पर्यो। जो सिकारी र घुमन्ते जाति थियो। १२ हजार वर्षअघि ढुंगेयुगमा मानवले तिखारिएको ढुंगाहरू हतियारको रूपमा प्रयोग गर्न थाल्यो। यसै युगमा हरवियन जाति देखा पर्यो। द्रविड जातिहरू यसै हरवियन जातिको एउटा समृ्ह मानिन्छ। मध्य एसियाबाट कालो सागरसम्म पहेंलो जाति, तिब्बतियन, मंगोलियन, चिनियाँ, कोरियन र जापानीहरू देखा परे। यी जातिहरू चीनको दक्षिणी भू–भागतिर लाग्यो।
मंगोलियनहरूको ठाउँमा आर्यनहरू आएर बसेको देखिन्छ। समय क्रममा भाषा र हतियारको विकास एवं पशुपालनले कविलाहरू आफ्नो सुरक्षार्थ समृ्ह–समृ्हमा रही कृषि उत्पादनमा लाग्यो। ५० हजार वर्ष अघि युरोपमा देखिएको जाति सुमेरु, मिश्र र सिन्धुमा देखियो। पहेंला जातिहरू चीन, जापान, भियतनाम, बर्मा, कोरिया, हङकङ, इन्डोचाइना, तिब्बत, कम्बोडिया, सुमात्रा, जावा, मलाया, फिलिपिन्स, थाइल्यान्ड भुटान, नेपालदेखि मध्यभारतसम्म फैलिएको देखिन्छ।
‘पुरातत्त्व निबन्धावली’ को पृष्ठ १९२–१९३ मा राहल सांस्कृत्यायनले भनेका छन्– लंका भारतको दक्षिणी भेक, अफ्रिका र अफगानिस्तान आदि एउटै महाद्वीप थियो (समुद्रमा डुबेको थिएन)। यस भेगमा बसोबास गर्ने हब्सी र द्रविड जाति (मलायम, कन्नड र तलेगृ्) मध्य सिन्धुघाँटी, भारतको दक्षिणी भेग, बलुचिस्तानको बहुईमा बस्ने मानिसको भाषाले यिनीहरूको एउटै वंशका देखिन्छन्। युरोपमा इरानी, इराकी र आर्यनहरूको भाषा एकै देखिएकाले यी तीनै देशमा बस्नेहरूको वंश एकै देखिन्छ। तिब्बती, बर्मिज, मंगोलियनहरूको भाषा एउटै देखिएकाले यसको वंश एकै देखिन्छ। यसरी पनि जातीय समृ्हरूको रहस्य खुल्ने गर्दछ (नरु थापा, २०६७ : ७–९)।
भेरी–कर्नाली नामकरण र शिल्प (मानव) सभ्यताको विकासकर्ता शिल्पी (कथित दलित) समुदाय रहेको प्रमाणित छ। यसको ज्वलन्त उदाहरण भियतनामले सन् १८७२ तिर ढुंगामा अष्ठकला, त्रियुक्त भुजी र मानवयुक्ति सर्गमयुक्तजस्ता विख्यात कलासीपको आदर्शमय ज्ञान नेपालबाट लिइएको थियो। १८औं शताब्दीमा वर्तमान श्रीलंका जस्तै भियतनामको अर्थतन्त्र ध्वस्त भएको थियो। उनीहरूको अर्थतन्त्र उकास्ने एउटै उपाय स्टोन आर्ट थियो। केही भियतनामीहरू भेरी–कर्णाली क्षेत्रको जुम्ला सिञ्जादरामा आई स्टोन आर्ट सिकेर भियतनाम फर्केको दुई वर्षभित्रमा १८ लाखलाई रोजगारी दिन सफल भएका थिए। गोविकली टेपी, सराउन्ड अफ टुनजस्ता वस्तु चित्रको मार्गसमेत यसैको आधारमा निकाल्ने तत्त्वविद्को आवश्यकता नै थियो।
- नेपालको मेचीदेखि महाकालीसम्मको भूभागमा अनेक उपत्यका पाइन्छन्। सुदूरपश्चिमको सुर्खेत उपत्यका, दाङ र देउखुरी उपत्यका, पोखरा उपत्यका, चितवन–नवलपुर उपत्यका, काठमाडौं उपत्यका, सिन्धुलीमाडी उपत्यका र अरु नदीकिनारमा अनेक उपत्यका छन्।
- नेपालको सन्दर्भमा समेत विभिन्न जातीय समूहरूको एकअर्कामा व्यापक सम्मिश्रण भएको पाइन्छ। समस्त मानव जातिलाई माथि चार भागमा विभत्त गरिएको थियो। यसलाई अझै स्पष्ट गर्न पाँच भागमा बाँड्न सकिन्छ, काकेसियन, मंगोलियन, निग्रो, मलय र अमेरिकन।
इटालीका म्याचल ल्याङ्जोले सन् १५६४ मा त्यसको आकृति र अवस्थाको बारेमा जानकारी दिएका छन्। त्यसको लागि द कपर स्कोलर टेजरलाई उनीहरूले बाँच्ने आधार बनाए। जुन सत्य निष्ठाबाट ज्ञानलाई कला र जीवनसँग जोडिनुपर्छ भन्ने मान्यता स्थापित गरे। भूगोलशास्त्रका पिता मानिने अमेरिकन नागरिक ‘उल्लियम मयरिस डेबिडले’ भूगोल जोड्नेमा मानवको नैतिक र भौतिक सहयोगले नै सम्भव हुन्छ। त्यसैले मानवताको साइनो कसरी र कहाँबाट जोडिएको छ ? भन्ने कुराको पनि उत्तिकै महत्त्व राख्छ।
मानवको युग परिवर्तनक्रम
मानवले गुफायुगबाट कृषियुग वा नवपाषणयुग (कृषि वा पशुपालन) धातुयुग नआएसम्म चलेको ‘हाम्रो समाज : एक अध्ययन’ मा उल्लेख छ। नवपाषण युगमै आएर हतियारको विकास भयो। महाभारत पर्वतको सृष्टि गिरि वा शैल युगमा भयो। सोलुत्रे मानवले छालाको सिउने काम र सियो धागोको प्रयोग गरेको थियो। त्यो धागो र सियो कसले बनायो कहाँ बनायो भन्ने रोचक तथ्य पनि उत्तिकै गहिरो छ। भारतको नाथराजगमा रहेका संग्रहालयको एक त्रिपट्टाको आलेकमा हेर्ने हो भने त्यहाँ त्यसका उत्पादक र प्रयोगकर्ता व्यक्ति ती हुन् जो सधंै मृग र जनावरको छालाको काम गर्थे भन्ने छ। यसले के प्रष्ट पर्छ भने अजिल मानवले पशुपालन सुरु गरेका थिए।
त्यही आधारमा उनीहरूले छालाको काम गर्न सिके। छालाको प्रतिपादन गर्ने इंग्ल्यान्डका जोन वाल्र्टर लेदरले सन् २६ डिसेम्बर सन् १८६० देखि १४ नोभेम्बर १९३४ सम्म कृषिको काम गरे। त्यसमा कृषि केमेस्ट्रीको अध्ययन गरी जनावरको र अन्य उपयोग गर्न सकिने छालालाई कसरी मानवको लागि सही ढंगले प्रयोग गर्न सकिन्छ भनेर लागेका थिए। जसको फलस्वरूप आज मानवका लागि छालाको प्रयोग भयो। यसपछि औद्योगिक विकासको चरण सुरु भएको देखिन्छ।
पृथ्वीमा मदलेन मानवपछि अर्थात् ईशार्पृ ११ हजार वर्षपहिले अजिल नामक मानव यस धर्तीमा पाइयो। अर्थात् यसको समय मदलेनभन्दा दुई हजार वर्षपछि राखिएको छ। सन १३ सयदेखि पृथ्वीमा मानवरूपी अस्तित्वको विकास हुँदै जाँदा त्यसले एक पूर्णरूप लिएको देखिन्छ। पछि चाल्र्स डार्बिनले त्यसैको आधारमा पृथ्वीको गुरुत्व कसरी हुन्छ ? के भएमा माथिको वस्तु तल खस्छ भनी पत्ता लगाएका थिए। जुन उनले सन् १८३५ मा यसैकारण यस मानवलाई पूरा मानवको अन्तिम प्रतिनिधि भनिन्छ। पूरापाषण र नवपायषणयुगको बीचमा यो अजिल नामक मानव पाइएकोले यसको काललाई मध्यपाषणयुग पनि भन्छन्। दक्षिण फ्रान्सको मा–द–अजिल नामक स्थानको एउटा गुफामा यसले बनाएका वस्तु भेट्टिएका थिए। इङ्ल्यान्ड र स्कटल्यान्डमा पनि यस मानवको सूचना पाइएको छ। यस मानवको सूचना युरोपबाहेक एसियामा पनि पाइएको छ।
यो मानव जहाँसुकै पाइए पनि सर्वप्रथम यसका उपकरण पाइएको स्थान अजिल भएको हुँदा यसको नाम पनि त्यसै स्थान विशेषको आधारमा अजिल नै राखियो। यो मानव आफ्नो मृतकका टाउको जम्मा गरेर राख्थ्यो र अन्डा थन्क्याएझैं एकै ठाउँमा गाड्थ्यो। बबेरियाको नोर्दलिंगेनका छेउको ओपतेन गुफाको एकै ठाउँमा १७ वटा मानवमुण्ड गाडेर राखेको भेटिएका थिए। मृतकको बाँकी शरीर यो मानवले पोल्ने गथ्र्यो भन्ने अनुमान विद्वान्हरूले गरेका छन्। पछिल्लो कालमा आएर अस्थि–अवशेषको ठूलो मृण्मय पात्रमा राखेर गाडेको पनि भेटिन्छ। यस मानवले आफ्ना मृतकको टाउका किन एकै ठाउँमा जम्मा गरेर राख्ने परम्परा बसाल्यो त्यसमा शंका उत्पन्न हुन सक्छ। यो मानव पनि अश्योल मानवजस्तो अरू मानवको सिकार त गर्दैनथ्यो ? र पछि गएर त्यही परम्परामा आफ्ना मृतकका टाउका जम्मा गर्न लागेको त होइन ? जे होस्, यो एउटा रहस्यको विषय छ। अजिल मानव पशुको र माछाको सिकार गर्ने मानव हो भनिएको छ। वन्यपशुलाई घरमा ल्याएर पाल्न यसैले प्रारम्भ गर्यो र यस्तो पशु सम्भव : पहिलो कुकुर नै थियो। सिकारका लागि कुकुरको प्रयोग पहिले यसैले गर्यो। कुकुरको तीव्र घ्राण (सुँघ्ने) शक्ति यस मानवका लागि वरदानसिद्ध भयो। यस मानवको आहार जंगली फल, माछा र वन्यपशुको मांस नै थियो (जनकलाल शर्मा, हाम्रो समाज : एक अध्ययन, २०५८: ११, ३३, ३४)।
वर्तमान मानवका प्राचीन आकृति
माथिको विवरणबाट यस धरातलमा प्राचीन मानवले कसरी संघर्ष गर्यो त्यसको केही जानकारी हामीलाई भयो। पूरापाषण युगदेखि लिएर मध्यपाषण युगसम्मको मानवको संक्षिप्त वर्णन गरियो। यो काल ईशापूर्व सात हजार वर्षसम्म आएर समाप्त भएपछि नवपाषणयुग आयो। नवपाषणयुगमा आएपछि मानवले छिटोछिटो प्रगति थाल्यो र यसको समाज व्यवस्था पनि अर्कै बन्दै गयो। यहाँ नवपाषाणयुगका मानवको विस्तृत चर्चाभन्दा पूरापाषाणयुगका मानवका विषयमा अझै सिंहावलोकन गरेर आजको समाज व्यवस्थामा मानव कसरी आइपुग्यो त्यसैमा चर्चा गरिनेछ। प्राचीन मानवका अश्मीभूत अस्थि–अवशेषका बाहेक अरू शरीरका अवशेष आज हामीलाई प्राप्त छैनन्। त्यसकारण ती प्राचीन मानवको केशको बनावट कस्तो थियो होला, छाला र आँखाको रंग कस्तो थियो र रक्त कुन वर्गको थियो त्यो छुट्ट्याउन गाह्रो छ। तर यति हुँदाहुँदै पनि आजको मानवको आकृति हेरेर प्राचीन मानवको अनुहार कस्तो थियो त्यो साधारण रूपमा अनुमान लगाउन सकिन्छ।
- तथ्यहरूबाट आदिमानव उत्पत्तिाको केन्द्र नेपाल रहेको प्रष्ट हुन्छ। युरोपदेखि एसियासम्म यायावर कविला यात्रामा सुरुआती चरणदेखि सिंगो विज्ञानसम्म पार गर्दै धर्तीमा मानवको विकास भएको पाइन्छ।
- विश्वमा मानव उत्पत्तिाको सम्बन्धमा विद्वान्बीच मतमतान्तर छ तर पछिल्लो खोजले नेपाल मानव उत्पत्तिाको केन्द्र रहेको पुष्टि भएको छ। अहिले हिमाल उत्तारतिर र समुद्र दक्षिणतिर रहेको छ। पहिला हिमाल दक्षिणतिर र समुद्र उत्तारतिर रहेको थियो।
आजको मानवमा मुख्य चार भेद देखिन्छ– आस्टे«लायित, निग्रोयित, मंगोलायित र श्वेतांक। कसैको अनुहार देख्नासाथ भन्न सक्छौं, यो मानिस यस वर्गको वा स्कन्धको होला। निग्रोयित जातिको छालाको रंग कालो र केश घुँगुरिएको कालो तथा ऊनजस्तो हुन्छ। मंगेलायित मानव जसमा अमेरिकाको रेड इन्डियन समाविष्ट हुन्छन्। उनीहरू हलुका पहेंलो, रातो छालाको रंग र खडा केश तथा नासासेतुका र अरू मंगोलियन थ्याप्चो प्रकारको नासासेतुका हुन्छन्। केही विद्वान्हरूका अनुसार नाकको लक्षण प्राय : स्थायी हुँदैन। श्वेतांक र निग्रोयितका आँखा ठूलठूला हुन्छन् भने मंगोलियनका आँखा साना हुन्छन्। यिनीहरूका आँखाका माथिल्लो भागमा एक प्रकारकोे छालाको तह बसेको हुन्छ, जसले गर्दा यो मानवका आँखा चिम्सा देखिन्छन्। निग्रोयित र आस्टे«लायितका ओठ मोटा हुन्छन्। तर मंगोलियनका ओठ त्यसभन्दा साना देखिन्छन्। स्वेताङका त्यसभन्दा पनि ज्यादै साना अर्थात् पातला दृष्टिगोचर हुन्छन् (उही, ३६)।
परिवर्तनका लागि समाज
यद्यपि अलास्का आदिका एस्किमो र यहुदी आदि अन्य केही जाति यसको अपवाद पनि पाइन्छन्। मदर टेरेसाले भनेकी छिन्। यो कति उत्तम छ, जुन हामीले गर्छौ, त्योभन्दा उत्तम छ जुन हामी प्रेमका साथ गछौं। समाज त्यसको लागि हुन्छ। जस्ले त्यहाँको भावना विचार र एकतालाई आत्मसात् अघि लैजान सक्छ। यसरी प्राचीन मानवको मूलमा अलग–अलग जाति र वर्ग वा स्कन्ध भए। यसमा पनि आजको जस्तै प्राचीन समयमा जाति सम्मि श्रण भएको छ। किनकि मानव जाति सदा यायावर अर्थात् कविला घुमन्त जीव नै रह्यो। कृषि युगभन्दा पहिले त यो यायावरबाहेक अरू केही थिएन। त्यसकारण मानवजातिको आपसमा औपचारिक र अनौपचारिक रूपमा जाति सम्मि श्रण अनवरत रूपमा भइनै रहेको पाइन्छ। ईशापूर्व द्वितीय शताब्दीको अन्त्यमा आक्रमण गरेर ग्रीकहरू भूमध्यसागरको तटमा बसे। थे«स अर्थात् बल्काननिवासी लघु एसियामा गए।
यसै प्रकार केल्टहरू पनि इटालीसम्म फैलिँदै लघु एसियामा पुगे। रोमनहरू युरोपको उपनिवेशका अनेक भागमा गएर बसे। जर्मन यायावरहरू कृष्णसागरको उत्तरी तटबाट सर्दै पश्चिम र दक्षिणी युरोप तथा उत्तरी अफ्रिकामा फैलिए। स्लाबहरूले फिनहरूलाई हराएर रुसमा उनीहरूको स्थान लिए। बल्गोरियनहरू कृष्णसागरको तट छोडेर बल्कनमा पुगे। अनेक हुँण यायावरहरू वर्तमान मंगोलियाबाट प्रस्थान गरेर हंगेरीमा पुगेर त्यहीँ मगियार नामले ख्याति पाएर बसोबास गरे। युरोपका मानिस पनि व्यक्तिगत सम्पत्तिको अधिकारको व्यवस्था नभएसम्म यायावरी नै गर्दै थिए। जुन कुरा युरोपमा भयो त्यस्तै कुरा एसियामा भयो। इन्डोनेसियाका निवासी मलयहरू पश्चिमतिर बढ्दाबढ्दै युरोपियन तुर्कीसम्म पुगे त्यसकारण आजको विश्वमा जाति सम्मि श्रण भएको छैन भन्नु सरासर मिथ्या हुनेछ। एस्किमो र केही यहुदीहरूमा रक्त सम्मि श्रण कम भएको देखिन्छ, त्यो अर्कै कुरो हो।
जब मानव जातिको यस प्रकार जाति सम्मि श्रण हुन्छ त्यस अवस्थामा मानवशास्त्रीका लागि नयाँ अध्याय पनि थपिन्छन्। यसको अर्थ यो होइन, मानव जाति बिल्कुलै नयाँ रूप लिएर खडा हुन्छ। आफ्ना पूर्वजको केही संस्कार त यसमा रहेकै हुन्छ। नेपालको सन्दर्भमा समेत विभिन्न जातीय समूहरूको एकअर्कामा व्यापक सम्मिश्रण भएको पाइन्छ। समस्त मानव जातिलाई माथि चार भागमा विभक्त गरिएको थियो। यसलाई अझै स्पष्ट गर्न पाँच भागमा बाँड्न सकिन्छ जसमा–काकेसियन, मंगोलियन, निग्रो, मलय र अमेरिकन। मंगोलियन र निग्रोको बारेमा माथि नै चर्चा गरिसकिएकोले यहाँ काकेसियन, मलय र अमेरिकनको मात्रै संक्षिप्त चर्चा गरिनेछ। काकेसियन मानव वंशमा ठूलो र महत्त्वपूर्ण परिवारमा आउँछ। आजकल काकेसियनहरू विश्वको हरेक महादेशमा पाइन्छन्। तर युरोप, पश्चिमी एसिया र उत्तरी अफ्रिका नै मुख्य विचरण भूमि हो।
मलयवंशका मानव मलक्का–निकटवर्ती द्वीपसमूह, म्याडेगास्कर र न्युजिल्यान्डमा पाइन्छन्। यिनीहरूको रंग खैरो हुन्छ। अमेरिकनहरू उत्तरी र दक्षिणी अमेरिकामा पाइन्छन्। यिनीहरूको रंग रातो हुने हुँदा यस जातिलाई कोलम्बसले अमेरिकाको पत्ता लगाएपछि रेड इन्डियन नामकरण गरियो। यसप्रकार विश्वका समस्त मानवको सिंहावलोकन सँगसँगै नेपालको भूभागमा बस्ने मानव समूहको संक्षिप्त चर्चा गर्नैपर्ने हुन्छ। अत : त्यस विषयमा छोेटकरीमा चर्चा गरौं। आर्यहरू ईशार्पृ द्वितीय सहस्राब्दी अर्थात्
पाषण युगको अन्त्यमा पश्चिमतिरबाट प्रवेश गरेका थिए (उही, ३४, ३५, ३६)।
नेपालमा मानव विकास सन्दर्भ
नेपालको मेचीदेखि महाकालीसम्मको भूभागमा अनेक उपत्यका पाइन्छन्। सुदूरपश्चिमको सुर्खेत उपत्यका, दाङ र देउखुरी उपत्यका, पोखरा उपत्यका, चितवन–नवलपुर उपत्यका, काठमाडौं उपत्यका, सिन्धुलीमाडी उपत्यका र अरु नदीकिनारमा अनेक उपत्यका छन्। भूगर्भवेत्ता विद्वान्हरूको भनाइअनुसार यी उपत्यकाबाट पानी निस्केर बाहिर गयो। सम्भवत : यी सबै उपत्यकाको पानी त्यसपछि नै खुल्यो होला। पानी बगेर गएपछि यहाँ जंगल भयो होला र जीवजन्तु पनि आफ्नो आहाराको खोजीमा यसतर्फ अग्रसर भएको हुनुपर्छ। त्यसपछि आदिमानव पनि आफ्नो जीवन निर्वाहका लागि यसतर्फ सिकार गर्न पस्यो होला। पहिलो मानवको यायावरीय भए पनि पछि केही स्थिर हुँदै गयो। आजभन्दा १० हजार वर्ष पहिलेसम्म मानव पुरानै पाषाणयुगको क्रममा थियो।
तर ईशापूर्व सात हजारदेखि पाँच हजार वर्षतिर आएर आफ्नो जीवन नवपाषाणयुगमा पुर्यायो। यस समय मानवले कृषिकर्म अपनाउन थालिसकेको थियो। आफ्ना प्रस्तरका हतियारमा पनि यसले सुधार ल्यायो। शिवालिक र महाभारत पर्वतका बीचका भागमा यत्रतत्र नवपाषाणयुगका हतियार आज पनि पाइन्छन्। महाभारतको माथिल्लो भागमा पनि त्यस्ता हतियार नपाइने होइन। तर यी दुई पर्वतको बीचमा अधिक मात्रामा पाइएका छन्। यस क्षेत्रका नेपालीहरू आजकल यस्ता हतियारहरूलाई बज्रढुंगो भन्छन्। प्राचीन मानवको जीवनसम्बन्धी कुराको ज्ञानको अभावमा साधारण जनता यस्ता वज्रढुंगा खजुरो भएका ठाउँमा आकाशबाट खस्तछ भन्ने कुरामा विश्वास गर्छन्। वास्तवमा भन्ने हो भने यी बज्रढुंगा नेपाली जनताका पुर्खाका हतियार हुन्। १९७८ ईश्वीको मार्च १ तारिखका दिन यस्ता तीन थान बज्रढुंगा दण्डा नदीको किनार कोटटाँढीमा जनकलाल शर्मा आफैंले देखेको पुस्तकमा उल्लेख छ।
नेपालको अनेक भूभागमा पहिले किराँतहरू भएको विश्वास गरिन्छ। आज किराँत नामधारी जनता नेपालको पूर्वी पहाडी भागमा बढी बसोबास गर्छन्। यसैकारण यिनीहरूको घनाबस्ती भएको केही भागलाई ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत भन्ने नामकरण गरिएको हो। यस्ता प्राचीन निवासीलाई आजको सन्दर्भमा हेर्दा ओल्लो किराँत र माझ किराँतमा राई र पल्लो किराँतमा लिम्बूहरू देखिन आउँछन्। तर यस्ता प्राचीन निवासीमा राई, लिम्बूलाई मात्र नलिएर काश्मीरको आसपासका मोनपादेखि लिएर कम्बोडियाको खमेरसम्मको जातिलाई पनि यसमा समावेश गर्नु उचित होला। तथापि यसमा पनि उत्तरको मंगोल र दक्षिणको द्रविड आदि अनेक जातिको रक्त सम्मिश्रण भएका छन्।
ईशापूर्व द्वितीय सहस्राब्दीसम्म यस भूभागमा किराँतहरूकै प्राधान्य थियो। तर यिनीहरूको जीवन त्यस समयसम्म नवपाषाणयुगभन्दा अघि बढेको थिएन। नवपाषायुगपछि धातुयुग आयो। पाषाणयुगको समाप्ति सबै ठाउँ एकै प्रकार भएन। मेसोपोटामियामा पाषाणयुगको अन्त्य ३५०० वर्ष ईशापूर्वमा भयो भने डेन्मार्कमा १६०० वर्ष ईशापूर्वमा भयो। कतैकतै त पाषाणयुगको अन्त्य धेरै पछि पनि भएको देखिन्छ। न्युजिल्यान्डमा पाषाणयुगको अन्त्य युरोपियनहरूले त्यहाँ प्रवेश गरेपछि अर्थात् ईशाको १८औं शताब्दीमा मात्र भएको प्रमाण पाइन्छ। हाम्रो प्रायद्वीपमा पाषाणयुगको अन्त्य आर्यहरूले पश्चिमतिरबाट प्रवेश गर्न थालेपछि नै क्रमश : भयो। आर्यहरूको प्रवेश ईशापूर्व द्वितीय सहस्राब्दी मानिएको छ। हुन त यसभन्दा पहिले महेन्जोदरो र हरप्पा नगर संस्कृति आएर पनि लोप भइसकेको थियो। त्यो संस्कृति उन्नत भएर पनि धेरै ठूलो भूभागमा यसले व्यापक प्रभाव पार्न सकेन (उही, ३७, ३८)।
नेपाल मानव उत्पत्तिको केन्द्र
विश्वमा मानव उत्पत्तिको सम्बन्धमा विद्वान्हरूका बीचमा मतमतान्तर रहेको छ तर पछिल्लो खोजले नेपाल मानव उत्पत्तिको केन्द्र रहेको पुष्टि भएको ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ नामक पुस्तकमा छ। अहिले हिमाल उत्तरतिर र समुद्र दक्षिणतिर रहेको छ। पहिला हिमाल दक्षिणतिर र समुद्र सत्तरतिर रहेको थियो। वरिष्ठ इतिहास, संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार मानव सृष्टिको पहिलो पुस्ता हिमवत्खण्डमै उत्पत्ति भएर सिन्धु मैदानसम्म पुगेका हुन्। नेपालको गण्डकी प्रदेशको हिमालय क्षेत्र मानव उत्पत्तिको मूलथलो हो। मुस्ताङ जिल्लाको दामोदरकुण्ड (४,८०० मिटर) बाट उत्पत्ति भएको कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलामा करोडौं वर्षअघिको जीवांश (फोसिल्स) पाइएको छ।
नेपालबाहेक शालिग्राम शिला विश्वमा अन्यत्र कहीँ कतै पाइँदैन। त्यसैगरी अमेरिकी विद्वान् डा. जेन्स मुन्थेको नेतृत्वमा नेपाल–अमेरिकी संयुक्त वैज्ञानिक अभियान दलले नेपालमा सन् १९८० मा लुम्बिनी प्रदेश, रूपन्देही जिल्लाको बुटवल, तिनाउ नदीको दायाँ किनारमा आजभन्दा करिब १.१ करोड वर्षअघिको भनी अनुमान गरिएको एउटा जीवको दाँतको अवशेष पाइएको छ। यो जीवको अवशेष नेपिथेकस मानवकै श्रेणीको भनी मानिएकोले यस विषयलाई पुष्टि गर्दछ (डीबी नेपाली दमु, गण्डकीका शिल्पी समुदायका मन्त्र सम्पदा, २०७८ : २५,२६)। पुरातत्त्वविद्हरूको एक टोलीले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ क्षेत्रमा गरेको उत्खननबाट पाषण युगकालीन ढुंगे हतियार फेला पारेका थिए। त्यसको कार्वन परीक्षण गर्दा ३० हजार पुरानो रहेको प्रमाणित भएको थियो। यस तथ्यबाट काठमाडौं उपत्यकामा ३० हजार वर्षअघि मानव जातिको उपस्थिति रहेको देखाउँछ (डीबी दमाई र अन्य, नेपालका रैथाने गन्धर्व सभ्यता, २०७८ : ७०)। यी तथ्यबाट नेपाल आदिमानव उत्पत्तिको केन्द्र रहेको प्रष्ट हुन्छ। यसरी विभिन्न तथ्यबाट युरोपदेखि एसियासम्म यायावर कविला यात्रामा मानवको सुरुआती चरणदेखि सिंगो विज्ञानयुक्तसम्मका भिन्नभिन्न चरणलाई पार गर्दै धर्तीमा मानवको विकास भएको पाइन्छ।
नेपालीद्वय लेखक/अनुसन्धानकर्ता हुन् ।