पद प्राप्तिका लागि मात्र राजनीति नगरौं : गुरुङ

पद प्राप्तिका लागि मात्र राजनीति नगरौं : गुरुङ

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले पद प्राप्तिका लागि मात्र राजनीति गर्न नहुने बताएका छन्। कांग्रेस स्याङ्जाद्धारा आयोजित ‘जनतासँग नेपाली काँग्रेस’अभियान कार्यक्रममा उपसभापति गुरुङले राजनीति गर्नेले राष्ट्र र नागरिकका हितमा काम गर्न प्रतिवद्ध हुनुपर्ने बताएका हुन्।

‘जनताका साथले मात्र मुलुकका ठूल्ठूला आन्दोलन सफल भएका हुन्, राणादेखि निरंकुश शासन व्यवस्था र गणतन्त्र ल्याउनसम्म नागरिककै महत्वपूर्ण योगदान छ।’ उनले भने, ‘मुलुकको आजका आवश्यकता र नागरिक हितका पक्षमा काम गर्न प्रतिबद्धता भएमात्र राजनीति सफल हुन्छ।’ 

नागरिकका घर घरमा पुगेर नागरिकका गुनासा सुन्न समेत उनले सुझाव दिए। आउँदो निर्वाचनमा सबैले मिलेर पार्टीलाई जिताउनुपर्नै बताए। उनले सबै जनताका मन जितेर काम गर्न सुझाव दिए।

‘नेताका मात्र गुनासा सुन्ने हो भने नेपाली कांग्रेस लक्ष्यमा पुग्न सक्दैन। लक्ष्यमा पुग्नका लागि घरघरमा पुगेर वीपीका विचार र कांग्रेसका एजेण्डा बुझाउनैपर्छ। तब मात्र मंसिर ४ पछि नेपाली कांग्रेस पहिलो ठूलो पार्टी बन्छ।’ गुरुङको भनाई छ। 

 नेपाली कांग्रेसले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर स्थानीय टोल टोलका नागरिकसम्म पुग्नेगरी अभियान सञ्चालन गर्ने भएको हो। पहिलो चरणको अभियान २ सातासम्म सञ्चालन हुनेछ। 
जिल्लाका ११ वटै स्थानीय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी सुरु गरिएको उपसभापति केदार काफ्लेले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.