प्रधानमन्त्री देउवाले गरे बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री देउवाले गरे बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवल : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुटवलमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। देउवाले शनिबार दिउँसो उक्त सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरको बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न उनी काठमाडौंबाट बिहान गएका  थिए।

१ अर्ब ३ करोडको लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ११ सय १४ जना अटाउने सभाहल छ। त्यसैगरी ५ सय क्षमताका ६ वटा बैठक कक्ष, ५०-५० र १-१ सय क्षमताका दुइटा साना हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा सभाहल फैलिएको छ। यो सभाहल  आकाशबाट हेर्दा चन्द्र र सूर्य रहेको नेपालको झण्डा आकारमा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.