जनतालाई विकास निर्माणका काममा जोड्छौं : मन्त्री चौधरी
बुटवल : शहरी विकासमन्त्री मेटमणि चौधरीले जनतालाई उपभोक्तामार्फत विकास निर्माणका काममा जोड्ने बताएका छन् । राष्ट्रिय शहरी नीति २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै उनले विकास निर्माणका लागि जनतालाई जोड्ने सरकारको नीति रहेको चौधरीले बताएका हुन्।
बुटवल पुगेका उनले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताए। चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु विजय हुनुपर्ने धारणा राखे। उनले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुपरेको स्पष्ट पारे।
चौधरीले मुलुकमा गोलचक्करमा पार्ने काम भएकाले त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए । उनले रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसँग नेकपा एसका नेता राजु गुरुङ प्रतिस्पर्धा गर्ने बताए।