'विकासका लागि गैरआवासीयको भूमिका महत्वपूर्ण'

'विकासका लागि गैरआवासीयको भूमिका महत्वपूर्ण'

बैंकक (थाइल्याण्ड) : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सबै एक ठाउँमा उभिएर मेलमिलापको नीति लिए देश सम्वृद्ध बन्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनमा बोल्दै श्रममन्त्री कुँवरले सबै एकजुट भएमा हामी सम्पन्न र सुखी हुने र देश संमृद्ध बन्ने बताए। 

'हामी जहाँ भएपनि विविधितामा एकताबद्ध भएका छौं' उनले भने,देशको समुन्नती र विकासका लागि गैरआवासीयको भूमिका महत्वपूर्ण छ।'

गैरआवासीय नेपालीको संविधानमा उल्लेख गरेको आर्थिक, सांस्कृतिक अधिकार कार्यान्वयन गर्न नागरिकता ऐन ल्याइएको बताए। नेपाल चिनाउने पुर्खालाई पहिचान दिलाउनुपर्ने उनले बताए। गैरआवासीय नेपालीले उठाएका माग छलफल गरी टुंगोमा पुग्न सकिने बताए। 

वैदेशिक राजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिएको मन्त्री कुँवरले बताए। 'तीन वर्षमा ५० लाख बढी नेपाली बाहिरिएका छन्। रेमिट्यान्स पनि आएको छ, तर पुँजी कति बाहिरिएको छ, लेखाजोखा छैन', उनले भने। 

नेपालमै विद्यार्थी भिषा दिने, श्रम बजारलाई व्यवस्थित गर्न तर्फ लाग्ने बताए। ईंटाभट्टा, स्टिल उद्योग, गलैंचा, सुन चाँदीलगायतका क्षेत्रमा नेपाली श्रमिक नभएकाले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने कुँवर बताउँछन्। 

श्रम गर्ने मानिसलाई जातमा परिर्वतन गरेर पानी नचल्ने बनाइएको उनले बताए। वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै स्थानीय स्तरमै रोजगारी दिने बताए। 

सीप सिकेकालाई रोजगारी, पुँजीलाई उद्यमशीलता बढाउने, गैरसरकारीमार्फत रोजगारी र उद्यमशीलतामा जोड्ने नीति ल्याइएको उनले बताए। विदेशबाट फर्केकालाई फलदायी, प्रभावकारी र व्यवसायिक बनाउन उक्त सहज हुने उनले बताए। 
शिक्षासँग, सीप, सीपसँग श्रम र श्रमलाई उद्यमशीलतासँग जोडेर रुपान्तरण गनुपर्ने उनले बताए। 

श्रमबजारमा आएका बेथितीलाई रोक्न सरकार गम्भीर भएको उनको भनाइ छ। श्रम कुटनीति प्रभावकारी बनाउन लागिएको उनले बताए। घरले श्रमिकलाई सुरक्षित तबरले पठाउन गृहकार्य भइरहेको उनले बताए। 'गन्तव्य देशले इनोसेसन लिए घरेलु श्रमिक पठाउन सकिन्छ' उनले भने। 

श्रमिकको परिचालनबिना उद्योगले गति लिन नसक्ने उनले बताए। 'श्रमिक र उद्योगको तालमेल मिले अर्थतन्त्र चलायमान हुनेछ'उनले भने।

सामाजिक सुरक्षा कोषको रकम परिचालन गरी उत्पादनतर्फ केन्द्रित गर्न लागिएको मन्त्री कुँवरले बताए। उद्यमशीलताको काम कोषबाटै सञ्चालन हुने उनले बताए। कोषमा वैदेशिक रोजगारीलाई समेट्न गैरआवासीय नेपालीसँग सहकार्य गरिएको उनले बताए। 

अदक्ष श्रमिक बढी जाने भएकाले सीपयुक्त बनाउन लागिएको उनले बताए। 'स्वदेशमै रोजगारी प्रदान गर्न र दक्ष श्रमिक उत्पादन गर्न सरकारको ध्यान गएको छ' उनले भने। 

सांसद डा सूर्य पाठकले सम्वृद्ध नेपाल निर्माण गर्न गैरआवासीय नेपाली संघको भूमिका महत्वपूर्ण हुने बताए। राष्ट्रिय अर्थतन्त्र संकटको घडीमा पुगेको बताए। 'निर्यात बढेन, आयात ह्वात्तै बढ्यो' उनले भने, 'अब उत्पादनमा जोडिनुको विकल्प छैन।'

७ वर्षसम्म गैरआवासीय नेपालीले नागरिकता पाउन नसके पनि अब छिट्टै पाउने उनले बताए। राष्ट्रिय स्वानिधनताको प्रतिकूल हुनेगरी नागरिकता दिन नहुने उनले बताए। 

स्थानीय तह र प्रदेशमा सहज नभएपनि सामानुपातिकतर्फ तत्काल मतदान गर्न पाउने व्यवस्था लागू हुन सक्ने उनले बताए। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा जोड्न तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ। 'अरु देशका नागरिकलाई नागरिकता दिन तम्सिने तर नेपाली मूलका नेपालीलाई पहिचान दिन किन हिच्कियाउने?' उनले भने। आर्थिक संम्वृद्धि हासिल गर्न सबै गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ। 'संमृद्ध नेपाल निर्माण गर्न सकिन्छ, सबै एकजुट भएर राष्ट्रनिर्माणमा लाग्नुपर्छ।' 

नेपालमा लगानीको संभावनाको कमी नभएकाले गैरआवासीयहरुले नेपालमा लगानी गर्नुपर्ने बताए। 

नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख ओम शर्माले नेपाल श्रीलंका नबन्ने बताए। संमुद्धि गफबाट मात्रै नआउने भन्दै लगानी गर्न जोड दिए। नेपालमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै शर्माले नेपालको कुनाकाप्चामा बस्ने नेपालीको जीवन परिवर्तन गर्नेगरी लगानीमा विविधीकरण गर्नुपर्ने बताए। 

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र कँडेल शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे। नेपालमा उद्योगीहरु व्यापारतर्फ आकर्षित भएकाले आयातको ग्राफ बढ्दै गएको उनको भनाइ छ। 

'उद्योगीहरु उत्पादनतर्फ किन आकर्षित छैनन्, खोजी हुन जरुरी छ' उनले भने। वैदेशिक रोजगारी कम हुनेगरी नेपालमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने उनले बताए। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउनका लागि गैरआवासीय नेपालीलाई नेपाल सरह अधिकार दिनुपर्ने बताएका छन्। 

संघको एसिया प्यासिफिक नवौं क्षेत्रीय सम्मेलनका क्रममा बोल्दै आचार्यले लगानीको सीमा गैरआवासीयलाई हटाउनुपर्ने बताए। सरकारले पछिल्लो समयमा ५ करोडबाट २ करोडमा सीमा झारेको छ। तर, गैरआवासीयलाई जति लगानी गर्न पनि पाइने व्यवस्था गर्नुपर्ने गैरआवासीयहरुले माग गर्दै आएका छन्। 

अध्यक्ष आचार्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त प्रस्ताव पेश गरेपनि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा छलफलका क्रममा रहेको बताए। 

'यसले नेपालको विकासमा टेवा पुग्ने उनले बताए। राष्ट्रभूमिको गुण तिर्न यसले टेवा पुग्ने छ' उनले भने। नेपाल बाहिर छुट्टै संस्कृतिको देश रहेको उनले बताए। 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न ढिलाई गर्न नहुने आचार्यले बताए। २ खर्ब भन्दा बढी पैसा बाहिर रहेकाले तत्काल ल्याउन श्रमिकलाई कोषमा समेट्न आवश्यक भएको उनको भनाइ छ। झगडा पछिको एसिया सम्मेलन भएकाले मिलाप हुने उनले विश्वास व्यक्त गरे। 

एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशी भूमिमा बसेर नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए। दुई दशक अघि नेपाल भन्दा थाइल्याण्ड कमजोर देश रहेपनि अहिले दुर्त विकास गरिसकेको भन्दै केसीले नेपालको संमृद्धिका लागि सबै एकुजुट हुनुपर्ने बताए। 

एसियाका आकर्षक गन्तव्य मुलुक खोजेर श्रमिकलाई रोजगारी दिन सकिने उनले बताए। थाइल्याण्ड, म्यानपावर र मलेसियामा नेपाली मूलका ५ लाख भन्दा बढी नेपाली रहेको भन्दै केसीले उनीहरुको पहिचानका लागि पहल गर्नुपर्ने बताए।  

'हामीले एनआरएन अभियानअन्तर्गत निर्माण गरेको विश्वव्यापी सन्जाल र संयन्त्रले नेपालीहरुबीच व्यापक अन्तरक्रिया गर्ने सुविधा दिएको छ। मानवीय मामिलाहरुमा अन्तरक्रिया नै त्यो औषधि हो' केसी भन्छन्,'जसले जस्तासुकै गुरुत्वको समस्यालाई समाधान गर्नसक्छ। मिलापले एनआरएन अभियानमा अगाडि आएको एकताको मामिलालाई अझ मजबुत बनाउने छ।'

संघका पूर्व अध्यक्ष भवन भट्टले नेपालको संमृद्धिका लागि गैरआवासीय नेपालीको लगानीले मात्र नपुग्ने भन्दै वैदेशिक लगानी ल्याउन सहजीकरण गर्नुपर्ने बताए। नेपालको विकासका लागि नेपाल पोलिसी इनिच्यिुट जस्ता अनुसन्धानमूलक सस्थाको काम प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए। 

नेपालको संमृद्धिमा गैरआवासीय जोडिनुपर्ने र नेपालमा उत्पादन सामानको प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए। उनले पिएनओको समस्या सम्बोधन गर्न पहल गर्नुपर्ने उनको भनाइ छ। 

संघका पूर्वसंस्थापक महासविच एवम् राजदूत भीम उदासले एनआरएनएमा एकता चाहिएको बताए। 'एनआरएनएभित्र एकता चाहिएको छ, यहाँ समस्या रहेको घाजस्तै छर्लग छ' उदासले भने,'जहाँ समस्या थियो, त्यही समाधान खोज्न थाइल्यान्डमा सम्मेलनको आयोजना गरिएको हो।'

२ दशकमा एनआरएनएको व्यापक फैलिएको भन्दै अब नेपालको हित र उन्नतीका लागि अभियान चाल्नुपर्ने उनले बताए। 
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीले ज्ञान, सीप र पुँजी एकीकृत गरी नेपालको आर्थिक विकासमा जोड दिनुपर्ने बताए। नेपालको पूर्वाधार, व्यवसायिक तथा उद्योग क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे। 

पोर्चुगलका वाणिज्य दूत तथा व्यवसायी राजेन्द्र खेतानले नेपालमा लगानीको संभावना प्रशस्त रहेकाले गैरआवासीय नेपालीले लगानी बढाउनुपर्ने बताए। 

संघको एसिया प्यासिफिक क्षेत्रका संयोजक पारशमणि पोखरेलले मिलाप नहुँदासम्म लगानी नआउने बताए। शिक्षा, पुँजी र लगानी ल्याएर गैरआवासीय नेपाली फर्किने गरेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.