रगतको अभाव हुन नदिन रक्तदान

रगतको अभाव हुन नदिन रक्तदान

धनगढ : रगतको चरम अभाव हुने धनगढीमा बैतडी समाज कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 

आफ्नो वार्षिक कार्यक्रमअनुसार गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन। समाजका अध्यक्ष मायाप्रकाश भट्टले ८५ जनाले रक्तदान गरेको जानकारी दिए। समाजले हरेक वर्षमा दुई पटक रक्तदान र स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ। 

समाजले शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको पदमा नर्सिङ कलेजको प्रांगणमा रक्तदान कार्यक्रमको गरेको थियो। 

रक्तदान कार्यक्रमको धनगढी उपमहानरपालिकामा नगर प्रमुख गोपाल हमाल र समाजका अध्यक्ष मायाप्रकाश भट्टले संयुक्त रूपमा सुभारम्भ गरेका थिए।

समाजले यसपाली सोही स्थानमा निःशुल्क स्वास्थ्य शिविर, आँखा जाँच शिविर र दन्तसेवा शिविर पनि गरेका छ। 

धनगढी नेत्रालयको सहयोगमा गरिएको आँखा जाँच शिविरमा ३१८ जनाले सेवा लिएका छन। उनीहरुलाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको थियो।

सारथी अस्पताल प्रालीको सहयोगमा गरिएको शिविरमा १५५ जनाले सेवा लिएका छन। त्यसमा फिजिसियन चिकित्सकद्वारा चेकजाँच, ब्लडसुगर जाँच र एक महिनासम्मका लागि औषधि निःशुल्क प्रदान गरिएको थियो। 

यस्तै समृद्धी डेन्टलको प्रायोजनमा चिकित्सकद्वय डाक्टर सन्तोष पाण्डे र डाक्टर बिमल थापाले दन्त सेवा दिएका थिए। त्यसमा ७७ जनाले दाँतको सेवा लिएका समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए। 

समाजले यसअघि बैतडी जिल्लाको पाटनमा बृहत् निःशुल्क स्वास्थ्य शिविर पनि गरिसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.