बाढीले बाटो बन्द भएपछि गाउँमै एसईई ग्रेड वृद्धि परीक्षा

बाढीले बाटो बन्द भएपछि गाउँमै एसईई ग्रेड वृद्धि परीक्षा

कपिलवस्तु : खोलामा आएको बाढीका कारण बाटो बन्द भएपछि गाउँमै एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको छ। 

जिल्लाको वाणगंगा नगरपालिका-८ स्थित शुद्धोधन जनजीवन माविका विद्यार्थीका लागि जनता माविमा परीक्षा केन्द्र तोकिएको थियो। नगरपालिकास्थित मोतीपुर स्थित कोइली खोलामा बाढी आएको थियो। जसका कारण बाटो अवरुद्ध भयो। 

विद्यार्थीहरू परीक्षा केन्द्रमा जान नसक्ने अवस्था भएपछि गाउँमै अस्थायी परीक्षा केन्द्र स्थापना गरी परीक्षा सञ्चालन गरिएको हो। 

विद्यार्थीको भविष्यलाई ख्याल राख्दै जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरी कपिलधाम संस्कृत विद्याश्रममा परीक्षा सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले बताए। 

सशस्त्र प्रहरी बल २८ नम्बर गणको विपद् व्यवस्थापन टोलीको सहयोगमा खोला पारीको वैकल्पिक परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिका, परीक्षामा खटिएका केन्द्राध्यक्ष तथा निरीक्षकहरूलाई पुर्‍याइएको थियो। 

३४ जना विद्यार्थीलाई तारेर ल्याउन भन्दा परीक्षा सामग्री, केन्द्राध्यक्ष तथा निरीक्षकलाई खोला पारी लैजान सजिलो भएका कारण गाउँमै परीक्षा सञ्चालन गरिएको हो। कोइली खोलामा पुल नहुँदा सो खोलामा आएको बाढीले पछिल्लो ३ वर्षमा ११ जनाको ज्यान लिई सकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.