दसगजाबाट लागूऔषध बरामद

दसगजाबाट लागूऔषध बरामद

गुलरिया : बाँकेको खजुरा गाउँपालिका–२ निवासी नवीन थापा र सन्देश खत्री साउन २६ गते बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित दसगजा क्षेत्रबाट लागूऔषधसहित समातिए। बढैयाताल प्रहरीले उनीहरूको साथबाट १ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गर्‍यो।

तीन दिनपछि सोही स्थानबाट बाँकेको कोहलपुर नगरपालिका–१५ निवासी मनसुख लाल थारू र अरविन थारूलाई ५ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट बजाज कम्पनीको पल्सर मोटरसाइकल र दुई थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले बताए। पछिल्लो समय निरन्तर रूपमा लागूऔषध उद्योगमा संलग्न युवाहरूलाई नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ।

मधुवन नगरपालिका–७ स्थित तारातालको खाली चौरबाट स्थानीय पवन महत, सुदीप थिङ र पासाङ तामाङलाई साउन २८ गते नियन्त्रणमा लिई उनीहरूको साथबाट २५० मिलिग्राम ब्राउनसुगर बरामद गर्‍यो। 

एक साताअघि सोही वडास्थित भगरैया टोलबाट ८६० मिलिग्राम ब्राउनसुगरसहित ३६ वर्षीय पप्पु खाम्चालाई नियन्त्रणमा लिइएको थियो। ‘बर्दिया जिल्ला खुला सीमावर्ती क्षेत्र भएका कारण पनि लागूऔषधको कारोबार बढेको देखिन्छ’, उनले भने, ‘लागूऔषधको कसूरमा गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा हाम्रो टोलीले स्थानीय राकेश श्रीवास्तव र नुरुद्दिन गद्दीलाई ४९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएका छौं।’ 

उनीहरूको साथबाट १ थान मोटरसाइकल र मोबाइल सेट बरामद भएको छ। लागूऔषध कारोबारमा समातिएका सबैलाई लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक 
सापकोटाले बताए। बर्दियामा लागूऔषध ग्राफ केलाउँदा चालू वर्षको साउनमा मात्र लागूऔषध कसूरमा १० वटा मुद्दा दर्ता गरी २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।

 जिल्लामा २०७६ साउनदेखि २०७९ असार मसान्तसम्म लागूऔषध उद्योगमा ९८ वटा मुद्दा दर्ता भएका छन्। मुद्दा लागेकामध्ये गत साउन मसान्तसम्म १६३ जनालाई पक्राउ गरिएको छ। जसमा १० जना महिला र १५३ जना पुरुष छन्। एसपी शाहीले भने, ‘लागूऔषध कसूरको मुद्दामा सबैमाथि अनुसन्धान भरहेको छ।’

युवालाई लागूऔषधको कुलतमा पर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयहरूमा सचेतना, अन्तरक्रियालगायत छलफल कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले बताए। उनका अनुसार बेरोजगारी, साथीसँगीको लहलहै, विभिन्न प्रलोभन, पारिवारिक किचलो, फ्रस्टेसनलगायत सामाजिक सञ्जालको प्रभावमा परेर युवाहरू लागूऔषधको कुलतमा फस्ने गरेको हाम्रो प्रारम्भिक अनुमान छ। 

धनी, मध्यम तथा गरीब तिनै परिवारका युवाहरू लागूऔषधको कुलतबाट अछुतो छैनन्। यसको दिगो नियन्त्रण गर्न परिवारको मुख्य भूमिका हुने गरेको उनले बताए।  प्रहरीले शंका, सुराकी र चेकजाँचका आधारमा अपराधमा संलग्न भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिने गरेको छ। लागूऔषधको लतले कलिला युवाहरूको भविष्य चौपट पारेको छ। खुला सिमानाका कारण सीमाक्षेत्रमा आपराधिक क्रियाकलाप हुने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.