थुनुवा छुटाउन भन्दै घुस लिने बस्नेत पक्राउ

थुनुवा छुटाउन भन्दै घुस लिने बस्नेत पक्राउ

दाङ : थुनुवा छुटाइदिने भन्दै घुस लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ निवासी २० वर्षीय प्रतीक बस्नेतलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

प्रहरीले बस्नेतलाई प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो। सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर नगद रकम दिएपछि छुटाइदिने भन्दै ५० हजार लिएको डिएसपी गौतमले बताए।

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई पक्राउ गरिएको हो। 

बस्नेतले थुनुवाका आफन्तलाई फोन गरेर जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटबाट फोन गरेको भनेर झुक्याउने गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका बस्नेतलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.