१३ बुँदे घोषणपत्र जारी गर्दै सकियो बैंकक एसिया सम्मेलन

१३ बुँदे घोषणपत्र जारी गर्दै सकियो बैंकक एसिया सम्मेलन

बैंकक (थाइल्यान्ड) : गैरआवासीय नेपाली संघ एसिया प्रशान्त ९औं क्षेत्रीय सम्मेलन १३ बुँदे बैंकक घोषणापत्र जारी गर्दै सकिएको छ। 

विभिन्न देशमा रहेका ६ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन)लाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न संघले माग गरेको छ। 

नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग अनुरोध गरेको छ। 

घोषणापत्रमा एसिया प्रशान्त क्षेत्रमा बसोबास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषद्‍मार्फत प्रतिवद्धता जाहेर गरिएको छ। 

नेपालमा विदेशबाट पढ्न आउनेले पर्यटन भिषा लिएर जानुपर्ने वाध्यता अन्त्य गरी विद्यार्थी भिषाको व्यवस्थाका लागि  अनुरोध गरिएको छ। 

लगानीलाई सुनिश्चित आवश्यक कानुनलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहल गर्न घोषणापत्रमा समेटिएको छ।   

विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। 

वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्य रूपमा सामाजिक सुरक्षामा आवद्ध गराउनु घोषणापत्रले जोड दिएको छ। 

विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्वाङ्गीण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न जोड दिइएको छ। 

संघले उद्यमशीलताको बिकास गर्न विध्यालयस्तरबाटै पढ्दै कमाउँदै जस्ता मौलिक कार्यक्रम सञ्चालनमा ल्याउने ल्याउन जोड दिइएको छ। 

युवा तथा महिलाको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाको सहभागिता सुनिश्चित गराउन सम्मेलनकम प्रतिबद्धता जाहेर गरिएको छ। 

नेपालको प्रमुख आर्थिक श्रोत बिष्रेशण (रेमिट्यान्स) लाई औपचारिक माध्यमबाट नेपाल पठाउने वातावरण बनाउँदै उत्पादनमा लगानी गर्नै पर्ने वातावरण मिलाउन सरकारसँग सहकार्य गर्न जोड दिइएको छ।

वैदेशिक रोजगारमा रहेका स-साना लगानी गर्न सक्ने नेपालीलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचलान गर्न लागिएको १० अर्बको लगानी कोष सञ्चालनमा आवश्यक कानुन यथासक्य छिटो परिमार्जन गर्न सम्मेलनले माग गरेको छ। 

मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न जोड दिइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.