महिला शक्तिको पहिचान

महिला शक्तिको पहिचान

हिन्दू नारीहरूको महान् चाड तीज पछिल्लो समय दर, गीत र नाचका कारण विवादित बन्दै गएको छ। व्रतको अघिल्लो दिन खाने खानालाई दर भनिन्छ। दरको महिमा व्रतसँग गाँसिएको छ। माता पार्वतीले महादेव पति पाउँ भनी साथीहरूको सहयोगमा जंगलको एकान्तमा निराहार व्रत बस्दा अघिल्लो रात खाएको फलाहारलाई दर भनियो। संकल्पमा अथाह शक्ति हुन्छ। दर खाने बेला अविवाहित युवती महादेवजस्तै पति पाउँ भनी निराहार व्रत बस्ने चलन छ। मनोकामना पूरा नभएसम्म भोक, प्यास, आलस्य केही नलागोस् भनि माता पार्वतीले पनि प्रार्थना गरेका कथा पाइन्छन्। त्यही व्रतको प्रभावले महादेव खुसी भई पार्वतीलाई दर्शन दिएको कथा प्रसंग छ।

त्यसपछि हाम्रा हजुरआमाहरूको पालामा अनमेल बालविवाह हुने चलन चलेकाले पतिको लामो आयु माग गरेर तीजको व्रत बस्ने चलन चल्यो। त्यसपछि विवाहित महिलाले सासू, नन्द, आमाजू आदिले दिएको दुःख माइतीमा आएर आमा, दिदीबहिनीसँग पोख्ने अवसरका रूपमा लिन थाले। समयको रफ्तारसँगै आएको परिवर्तन र महिलामा शिक्षाको चेतना स्तर बढ्दै गएकाले महिला पनि पुरुषसरह कार्यालयको काममा सहभागी हुन थाले। विभिन्न संघसंगठनहरूमा सहभागी हुन थाले। जसले गर्दा पछिल्लो समय तीज दर घर माइतीमा मात्र सीमित नभई संगठनात्मक रूपमा खाने चलन बढ्न थाल्यो।

जसको माइती टाढा छ। माइती, मावली र आफन्त कोही छैन वा टाढा छन् भने आफू कार्यरत संघसंस्थाहरूमा आबद्ध महिला दिदीबहिनीहरू जम्मा भएर मिठो मसिनो खानु, नाचगान गर्नु नराम्रो कुरा होइन। तर हुनेखाने, सम्भ्रान्त, शिक्षित परिवारका छोरीबुहारीहरूले हप्तौंअघिदेखि तीजको नाममा दर खाने, महँगा गरगहना र पोसाक लगाउने, जथाभावी गीत गाउने र उच्छृंखल नाच नाच्ने चलनले हरेक वर्ष तीजपर्व विवादित बन्दै गएको छ। एकताका सांसद कोमल ओलीको पोइला जान पाम् भन्ने गीत गाएर आलोचित बन्न पुगिन्। अहिले पत्रकार ऋषि धमलाकी पत्नीलगायत निजामती सेवाका महिलाहरूले कार्यालयकै पोसाकमा कुकुर डान्स गरेर तीज पर्वको महŒवलाई हल्का बनाउँदै लगेका छन्। यतिबेला उनीहरू महिला दिदीबहिनीकै नजरमा आलोचित बन्न पुगेका छन्।

महिलाहरूका लागि तीज पर्व आफैंमा एउटा आत्मसम्मान र गौरवको पर्व हो। समय परिवर्तनसँगै परिवर्तन हुने महिलाका मुद्दाहरूमा समाधानका उपाय खोजी गर्ने र त्यसका लागि विद्रोह गर्ने, भोक हडताल गर्ने, आमरण अनशन बस्ने वा कुनै पनि ठाउँमा रहेका महिलाले अन्यायविरुद्ध संगठनात्मक रूपमा आवाज उठाउने दिन हो, तीज। तर, त्यसका लागि पनि सामाजिक मूल्य र मान्यतामा रहेर सभ्य भाषामा मर्यादित तरिकाले तीजपर्व मनाउन सक्यांै भने विश्वका महिलाहरूले हामीबाट धेरै कुरा सिक्न सक्छन्।

देशको राष्ट्रपतिजस्तो गरिमामय पदमा महिला पुगेको यस अवस्थामा महिलाहरूले सामूहिक रूपमा देशको चिन्ता जाहेर गर्नुपथ्र्यो। हाम्रो वैदिक सनातन धर्मको रक्षा, देशको सिमानाको रक्षा, सिंगो देशको रक्षाका निम्ति चिन्ता र चासो व्यक्त गरेर देशका नागरिक भएको प्रमाणित गर्नुपर्छ। हामी पनि आफ्नो देशको अस्मिता जोगाउन सक्षम छौं भन्ने सन्देश तीजपर्वले दिने बेला आएको छ। धर्मान्तरणका लागि प्रयोग भएका महिला दिदीबहिनीलाई आफ्नो धर्म, संस्कार र संस्कृतिबारे जानकारी गराउनु र अझ धर्म बेच्नु सबैभन्दा ठूलो पाप हो। यो कुराको बोध गराउनु एवं आफ्नोपनको बोध गराउनेतर्फ शिक्षित र सम्भ्रान्त परिवारका महिलाहरूको ध्यान जानु पथ्र्यो।

रातो रंग शक्तिको प्रतीक मानिन्छ। तीजमा गाइने गीतको भाका छ। यो भाकालाई पनि जीवन्त राखौं। तीजपर्व रातो रंगको पहिरनमा सिंगारिएका महिलाहरूको संगठनात्मक शक्तिको प्रदर्शन पनि हो। तीज हामी महिलाहरूका लागि शान हो। महिला शक्तिको पहिचान हो। तीजको महŒव बुझौं। यसलाई आलोचित हुनबाट जोगाऔं। तीजलाई सम्मानित बनाउन सकेमात्र नेपाली नारीको सम्मान बढ्छ। यो सत्यलाई मनन् गरौं, व्यवहारमा कार्यान्वयन गरौं। सम्पूर्ण हिन्दू नारीमा हरितालिका तीजको हार्दिक शुभकामना।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.