बबईमा पानीको बहाव उच्च, काठ-दाउरा संकलन गर्न नजान बर्दिया प्रशासनको आग्रह

बबईमा पानीको बहाव उच्च, काठ-दाउरा संकलन गर्न नजान बर्दिया प्रशासनको आग्रह

गुलरिया : वर्षात‍्को बेला बहाव उच्च हुने भएकाले नदीमा बगेर आएका काठदाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । 

जिल्ला विपद्  व्यवस्थापन समिति बर्दियाले सूचना जारीगर्दै बबई नदीमा पानीको बहाव बढेकाले काठदाउरालगायत माछा समेत नमार्न सूचित पारेको छ ।

आइतबार रातिदेखि बर्दियाको रानीजरुवा नर्सरी, रम्भापुरलगायतका क्षेत्रमा परेको अविरल वर्षाका कारण बबई नदीको जलस्तर बढेको छ । नेपालको हाइड्रोलोजीले मापन गरेअनुसार २४ घण्टामा १८० मिलिमिटर भन्दा बढी वर्षा भएको जनाइएको छ । 

२४ घण्टामा १४० मिमि वर्षालाई खतरा मानिन्छ । सोमबार बिहान बबई नदीले खतराको तह ६ दशमलव १० मिटर पारगरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । समाचार तयार पारुञ्जेलसम्म नदी सामान्य अवस्थामा पुगीसकेको छ ।

बबई नदीमा बाढी आउन सक्ने भन्दै उच्च सर्तकता अपनाउन प्रशासनले सूचना जारी गरेको निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताएका छन् । 

उनले भने,' डुवान क्षेत्रका बासिन्दाहरुलाई तोकिएको सुरक्षित स्थानमा सावधानी अपनाउन अनुरोध गरेका छौं ।'

 काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगर्न नगराउन पनि अनुरोध गरिएको उनले जानकारी दिए । नदी बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका स्थानीयहरुलाई सुरक्षित हुन प्रशासनको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.