'पर्यटकलाई गुलाबको फूलले स्वागत गर्छौं'

'पर्यटकलाई गुलाबको फूलले स्वागत गर्छौं'

भैरहवा : भैरहवा (सिद्धार्थनगर नगरपालिका) का नगर प्रमुख इश्तियाक अहमद खाँनले बेलहिया नाका हुदै मुलुकमा भित्रिने पर्यटकहरूलाई आफूहरूले सम्मानसहित स्वागत गर्ने बताएका छन्।

पर्यटन प्रहरी इकाई भृकुटीमण्डप, काठमाडौंले बेलहियामा आयोजना गरेको पर्यटक सुरक्षा तथा पर्यटन प्रवद्धनमा व्यवसायी एंव स्थानीय नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अतिथि देव भव: नारालाई अनुशरण गर्दै अगाडि बढ्नु पर्ने बताए। 

'मुलुकमा पैसा खर्च गर्नका लागि भारतीय र तेस्रो मुलुकबाट पर्यटकहरू आउँछन् तर हामीले उनीहरूलाई सम्मान गर्नुको साटो दुर्व्यवहार गर्छौँ, जनु राम्रो होइन', उनले भने, 'पर्यटकलाई सम्मान नगरेसम्म हाम्रो नगर र मुलुकले फड्को मार्दैन।'

उनले बेलहिया नाकाबाट मुलुकमा भित्रिने पर्यटकहरूलाई नाकामा गुलाब लगायतको फूल दिएर सम्मानसहित भित्र्याउने योजनाहरू रहेको भन्दै यहाँ गरिएको स्वागतले पर्यटकको प्रचारप्रसारले पर्यटक आगमनमा थप वृद्धि हुने बताए।

'हामीले जब पर्यटकहरूलाई नाकामा स्वागत, सम्मान गरेर पर्यटकमैत्री व्यवहार गर्छौँ तब उनीहरूले हाम्रो नगर/मुलुकको प्रचारप्रसार आफ्नो मुलुकमा गएर गर्छन' उनले भने, 'यसले पर्यटक आगमनमा वृद्धि हुनुका साथै नगर/मुलुकको विकासमा थप टेवा समेत पुग्छ।'

उनले आफू पैसा कमाउन नभई नगरको विकास गर्नका लागि आएको भन्दै नगरको विकासमा नगरबासीको साथ र सहयोगको समेत आवश्यकता रहेको बताए।

उनले नगरको विकासका लागि थुप्रै योजनाहरू रहेको र केही निर्माणक क्रममा रहको भइरहेको भन्दै वर्षायाम पछि केही योजनाहरू सञ्चालन गरिने बताए।

बेलहिया नाकाको सौन्दर्यकरणको लागि कामहरू भइरहेको भन्दै आयोजना कार्यालयअन्तर्गत रहेको ६ लेन सडकको निर्माणको ढिलाइले नगरको योजना सञ्चालनमा पनि समस्या उत्पन्न भएको बताए। जसका लागि आफूहरूले सडक निर्माणका लागि पहल गरिरहेको उनले बताए। 

नगरपालिकाको फूलैफूलको सहर, हरियाली, स्वच्छ र सफा सहर, फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, पार्किङ व्यवस्थापन, व्यवसायिक भवन निर्माण, कारागार स्थानन्तरण लगायतका योजनाहरू छन्।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्रोतसाधनको अभावमा पनि कामहरू भइरहेको भन्दै प्रशासनको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको बताए। 

उनले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि कार्यविधि अन्तिम चरण पुगेको भन्दै सम्पूर्ण प्रक्रिया पुर्‍याएर कार्यान्यवन गरिने बताए।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले सुरक्षाविना केही कल्पना नगर्न सकिने भन्दै सुरक्षाको विकल्प सुरक्षा नै रहेको भन्दै आफूहरूले सदैव सुरक्षाका लागि तत्पर रहेको बताए। 

उनले आफ्नो स्थानको विकासका लागि सरोकारवालाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.