साढे २४ लाखसहित बुटवलका युवक पक्राउ

साढे २४ लाखसहित बुटवलका युवक पक्राउ

भैरहवा : रुपन्देही प्रहरीले स्रोत नखुलेको रकमसहित एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-८ सुख्खानगरका २८ वर्षीय सन्दिप शाक्य रहेको प्रहरीले जनाएको छ।

'बेलहिया नाका क्षेत्रको बाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना पाएका थियौँ', रुपन्देहीका एसपी रविन्द्र रेग्मीले भने, 'पक्राउ परेका शाक्यमाथि शंका लागि उनले बोकेको झोला चेकजाँच गर्दा २४ लाख ५० हजार रुपैयाँ बरामद भयो।'

स्रोत नखुलेको रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एंव डिएसपी श्यामु अर्यालले बताए। 

उनका अनुसार बरामद रकम सबै एक हजार दरका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.