दर संस्कृतिभित्र विकृति

दर संस्कृतिभित्र विकृति

भाद्रपद शुक्लपक्ष तृतिया तिथीमा पर्ने हरितालिका तीजको उपवासका निमित्त महिलाहरुले अघिल्लो दिन ग्रहण गर्ने शाकाहारी दरिलो मिष्ठान्न भोजनलाई परम्परागत रुपमा दर भनिन्छ। भाद्रपद शुक्लपक्षको द्वितिया तिथीलाई दरखाने दिन भनिन्छ। दरखाने दिनमा हिन्दु परम्परा अनुसार नेपालीहरु आ–आफ्ना चेलीवेटी, दिदिवहिनी, ईष्टमित्र, आफन्तहरुलाई निमन्त्रणा गरेर वा जमा भएर गक्ष अनुसार तयार पारिएको दर घरघरमा खुवाईने प्रचलन परापूर्व कालदेखि चलि आएको छ। 

दर खाँदा खीर, पुरी, हलुवा, चामलको खाजा, खुवा, कुराउनी, मिठाई लगायत गक्ष अनुसारको शाकाहारी वा हविष्य चौरासी भोजन तयार पारिन्छ। कतैकतै दर एकै दिन दुई पटकसम्म खाने प्रचलन छ। हरितालिका तीजको ब्रत बस्ने महिलाहरुले एक पटक सूर्यास्त पूर्व बेलुकी दर भोजन गर्छन्। परम्परागत वाद्यवादन बजाएर तीजको भाकामा नारी वेदनाका गितहरु गाउँने र नाच्ने प्रचलन छ। रात्री कालिन मध्यान्नहमा पुन: उठेर दोस्रो पटक दर खाने चलन छ। अबेरमा खाएको दरिलो भोजनले तीजको दिन गरिने निर्जला उपवास सहज हुने मान्यता नेपाली हिन्दु समाजमा रहँदै आएको छ। 

सत्य युगमा महादेवलाई स्वामीका रुपमा पाउनका लागि पार्वतीले निकै ब्रत गरेको पुराणहरुमा उल्लेख छन्। अर्कैसँग विवाह हुन लागेको चालपाई पार्वतीलाई सँगीहरुले हरण गरी जंगलमा पुर्‍याए। पार्वतीले त्यहाँ पानी पनी नखाई महादेवको कठोर व्रत ध्यान तथा उपवास गरिन्। पार्वतीको ब्रतका प्रभावले महादेव प्रकट भई पार्वतीलाई वरदान माग्न भनेपछि पार्वतीले हजुरलाई पतिको रुपमा पाउँ भनी बरदान मागिन्। पार्वतीलाई सँगीहरुले हरणगरी लगेका बेला भाद्रपद शुक्लपक्ष तृतियाका दिन महादेवबाट पार्वतीको चाहाना अनुसारको वरदान पाएकोले हरितालिका तीजका नामले सोही बेलादेखि ब्रत बस्ने प्रचलन चलेको हरितालिका ब्रत कथामा उल्लेख गरिएको छ।

अघिल्लो दिन शुद्ध, शाकाहारी, हविष्य दर खाएर ब्रत बसेका महिलाहरु तीजको दिनमा शिवालयमा पुगी श्रीमहादेवको पुजा, अर्चना गरी ब्रत बस्ने गर्छन्। परिवार तथा श्रीमानको आयु, ऐश्वर्य लगायत चिरजिवनको कामनासहित तीजको ब्रत उपासना गर्ने गर्छन्। सक्नेले विधिवध पूजा गरी तीजको भोलिपल्ट सूर्यार्घ पश्चात पानी पिउने गर्छन्। बिरामी लगायत नसक्नेलाई तीजको दिन पुजा सकी श्रीमानलाई टिका प्रसाद दिई जल ग्रहण गर्ने गरेको पाइन्छ। तीजको ब्रतका प्रभावले श्रीमान श्रीमती विच प्रेम बृद्धिहुने परिवारमा सद्भाव बढ्ने र नयाँ पुस्ताहरुमा सस्कृति हस्तान्तरण हुने विस्वास लिइन्छ। 

पछिल्लो समय पर संस्कृतिको सीको, गैर सनातनीहरुको सँस्कृति भँडाउँने अभियान, धर्मान्तरण लगायत विभिन्न साँस्कृतिक आक्रमणको चपेटामा परी तीज र दरखाने दिनको मौलिकता दिग्भ्रमीत हुन थालेको भन्दै सनातनी समुदाय चिन्तित हुन थालेका छन्। परम्परागत दरको महत्व बेग्लै छ। अचेत १ महिना अघिदेखि दर खान थालिएको छ। धार्मिक महत्वसँग जोडिएको दरको भोजन घरमा नभई होटलहरुमा आयोजना हुन थालेका छन्। दरका नामले माछामासु, मदिराजन्य लगायतका तामसी पदार्थहरुको सेवन शहरी क्षेत्रहरुमा प्राथमिकतामा पर्न थालेका छन्। जुन हिन्दु धार्मिक परम्परा र मान्यतासँग जोडिएको दर शब्दको अपमान र विकृति हो। मनोरञ्जनका नाममा डिजे लगाएर डिस्कोमा नाच्ने परिपाटीले मौलिक धार्मिक कला संस्कृति माथी बज्र प्रहार भएको धार्मिक अगुवाहरुको चिन्ता छ। गाउँघरमा तीजको मौलिक परम्परा जोगिएपनि शहरमा गरिने कृयाकलापले गाउँघरका वास्तविक परम्परा लोपहुन सक्ने खतरा बढाई दिएको छ।

कतैकतै तीजलाई गरगहना देखाउने अवसरका रुपमा पनि लिने गरिन्छ। यस्ता कृयाकलापले दिदी बहिनीहरु बीच आर्थिक विभेद सहनुपर्ने अवस्था श्रृजना गरिदिन्छ। गुलरिया नगरपालिका वडा नम्बर ४ का मेघराज सिग्देलले पर्यटकिय शैलीमा तीजको दर होटलहरुमा खाएपनि वास्तविक परम्परागत रुपमा घरमा खाईने हविष्य दरको परम्परा छाड्न नहुने बताउँछन्। तीज र दरको मौलिक परम्परा जोगाउँदै यसलाई पर्यापर्यटनमा जोड्न सक्नु नराम्रो कुरा होईन। तर सँस्कृतिका मौलिक परम्पराहरुलाई त्यागेर बाह्य संस्कृति भित्र्याउँदै हिन्दु धार्मिक परम्परा मनाउनु विकृति हो। सनातन परम्परा हामीले पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। अर्कैको संस्कृति भित्र्याएर आफ्ना सन्तानलाई सिकाउनु साँस्कृति अपराध हो सिग्देलले भने। तशर्थ आआफ्ना धर्म, सँस्कृति, परम्परा जोगाउन सबै चनाखो हुनुपर्छ।


  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.