देशभरिका थकाली मुस्ताङमा

देशभरिका थकाली मुस्ताङमा

जोमसोम : थकाली सेवा समिति नेपाल (केन्द्र)को १३औं महाधिवेश हिमाली जिल्ला मुस्ताङको थाकसात सय क्षेत्रको कोवाङमा मंगलबारदेखि सुरु भएको छ। थकाली सेवा स्थापनाको ३९ वर्षपछि चारचन थकालीको पर्ख्यौली थलो थाकसात सय क्षेत्रमा दोस्रोपटक महाधिवेशन आयोजना गरिएको हो।

थकाली सेवा समितिको १३औं महाधिवेशनमा सहभागी हुन देशभरिका १८ क्षेत्रका थकाली सेवा समितिका महाधिवेशन प्रतिनिधिहरु यतिबेला कोवाङमा एकीकृत भएका हुन्। थकाली सेवा समितिको विदेशमा पनि ३ वटा क्षेत्र छन्। यो सबै गरी स्वदेश तथा विदेशमा २१ वटा थकाली क्षेत्र छन्। जसको अगुवाई थकाली सेवा समिति नेपाल(केन्द्र)ले गर्छ।

थकाली सेवा समितिको तीन वर्षे कार्यकालका लागि थकाली सेवा समितिका महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ। महाधिवेशनले सकभर सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट थकाली सेवा समिति नेपाल(केन्द्र)को नयाँ अध्यक्ष चयन गर्नेछ।

अध्यक्ष चुनिएपछि क्रमश अध्यक्षले नै करिब ३० देखि ३५ जनाको सम्मको कार्यसमिति मनोनयन गर्ने बताइएको छ। थकाली सेवा समितिको तीनसम्म चल्ने महाधिवेशनले थकाली समुदायको उत्थान र विकासका लागि विभिन्न एजेण्डाहरुमा छलफल र योजना निर्माण गर्ने बताइएको छ। 

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले थकाली चारचनहरुको चार इष्ट देवताको तस्विरमा दिपप्रज्वलन गरी उद्घाटन गरे। प्रदेश प्रमुख शेरचनले आदीवासी जनजाती अन्तर्गत थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता भएको उल्लेख गरे। पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा र संस्कृति संकटमा पर्न थालेकोमा चिन्ता व्यक्त गरे।

थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए। प्रदेश प्रमुख शेरचनले २०६२-०६३ सालको आन्दोलनको जगलेनै आदीवासी जनजातीहरुको हकअधिकार र मौलिक सवन्त्रताको ग्यारेण्टी भएको उल्लेख गरे।

उनले २०६२-०६३ सालको राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनमा आफूले उल्लेख्य भूमिका खेलेको प्रष्ट्याए। राजवादी शक्तिहरुले शान्ति प्रक्रिया र १२ बुँदे सम्झौता दिल्लीमा भएको भ्रम फैलाएको उल्लेख गर्दे सो सहमति नेपालमै भएको उल्लेख गरे।

‘मुस्ताङमा युरोनियमको भण्डार छ। नुन खानी र ग्यास खानीजस्ता खनिजको सम्भावना प्रचुर छ,' शेरचनले भने, ‘यीय खानीहरुको उत्खनन् हुन सकेर र उत्तरी कोरलानाका हुँदै चीनसँग व्यापारिक मार्ग विस्तार हुनसके मुस्ताङमा कायालपलट हुन्छ।’

त्यस्तै संघीय सांसद प्रेमप्रसाद तुलाचनले आफू मुस्ताङको सांसद भएको र थकालीको प्रतिष्ठामा आँच आउने कुनै कार्य नगरेको बताए। उनले बाझो जग्गामा सिचाई, पर्यटकीय क्षेत्रको विकास, सडक, शिक्षा, सञ्चार, करिडोर सडक, शाखा सडक विस्तारका लागि बजेट माग गरेर जिल्लाको विकासमा समर्पित गरेको दाबी गरे।

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले इतिहास नरहे अस्तित्व नरहने उल्लेख गर्दै आफ्नो पुर्ख्र्यौली थलोमा इतिहाँस साक्षी राखी महाधिवेशन आयोजना हुनु मुस्ताङकै लागि गौरवको विषय भएको बताए। 

महाधिवेशन संयोजक कृष्णकुमार शेरचनले थकाली सेवा समितिले केन्द्रको विकासमा मात्र नभएर पुर्ख्र्यौली थलोको विकासमा पनि ध्यान दिनुपर्ने सुझाए। उनले थकाली समुदायका लागि पुर्ख्र्यौली थलोमा आवश्यक पूर्वाधार निर्माण गर्न धेरै काम बाँकी रहेको र त्यसका लागि नयाँ आउने समितिले पहल गर्नुपर्ने बताए।

उद्घाटन सत्रमा थकाली सेवा समितिकी केन्द्रिय उपाध्यक्ष शान्ति तुलाचन, थकाली मिर मुखिया ज्वाहर भट्टचन,थकाली युवा परिवारका अध्यक्ष योगेन्द्र शेरचन, थकाली महिला परिवारकी अध्यक्ष रिना भट्टचन, थकाली सेवा समिति(केन्द्र)का सल्लाहाकार द्धय सोमप्रसाद गौचन, ज्योति शेरचन र नरेन्द्रकुमार भट्टचनलगायतले अधिवेशन सफलताको कामना गर्दै मन्तब्य व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.