ठेचोको बाह्र वर्षे जात्रामा ल्याइयो दाउरा (फोटोफिचर)
चापागाउँ : हरेक बाह्र वर्षमा ललितपुरको ठेचोमा मनाइने नवदुर्गा भवानीको जात्राका क्रममा सुनाकोठीस्थित कुल्पीमा गरिने होमका लागि मंगलबार दाउरा ल्याइएको छ । ठेचोस्थित नवदुर्गा भवानी गुठीका देवगणलगायत स्थानीयबासीले ललितपुरको दलचोकी स्थित तीनपाने जंगलबाट आगँसी(दाउरा) ल्याएका हुन्।
फुलपातीका दिन देवगणहरुले लगाउने बस्त्र, गरगहना चोख्याउनका लागि यही आगँसी(दाउरा) बालेर यज्ञ गरिनेछ ।