साहेव अहमदले प्रदेशमा उम्मेदवारी दिने

साहेव अहमदले प्रदेशमा उम्मेदवारी दिने

विराटनगर  : विराटनगरका  समाजसेवी साहेव अहमद (गुड्डु)ले अगामी निर्वाचनमा प्रदेशमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दलहरुले स्थानीयलाई उम्मेदवार नबनाई बाहिरबाट उम्मेदवार ल्याउने गरेको भन्दै समाजसेवी गुड्डुले प्रदेश ६को (ख)मा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले जनताको दवाव र आग्रहमा स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेको बताए । लामो समयदेखि कांग्रेसमा सक्रिय भएर लागेका उनी जनता समाजवादी पार्टी नेपालका प्रवेश गरेका थिए । समाजवादी पार्टी एकात्मक सोचले ग्रसित भएको बताउँदै स्वतन्त्र बनेको उनले उल्लेख गरे।

समाजवादीको आग्रह अनुसार कांग्रेस त्यागे तर जसपा पनि एकात्मक सोचले अघि बढेकाले स्वतन्त्र भएर निर्वाचनमा जान लागेको उनले बताए । स्वतन्त्र भए मात्रै जनताको ईच्छा अनुसार काम गर्न सकिने भएकाले आफू  स्वतन्त्र भएर निर्वाचनमा होमिन लागेको जनाए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि  जनताका समस्याहरु समाधान गर्न दलहरु असफल भएकाले दलप्रति जनताको विश्वास घट्दै गएको उनले बताए । चुप भएर बसेको बेला युवाहरुले उम्मेदवार बन्न दिएको दवावले उम्मेदवारी दिने र जितेर देखाउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.