छैठौं तलाबाट एकसाथ हाम फाल्दा १४ वर्षका किशोर किशोरीको मृत्यु
काठमाडौं : बुद्धनगरको एक निर्माणधीन घरको छैठौं तलाबाट खसेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीय अनिकेत रोष र १४ वर्षीया कृतिका जैसवाल रहेको प्रहरीले जनाएको छ। उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरी भनाइ छ।
काठमाडौं महानगरपालिका-१० स्थित निर्माणधीन घरबाट उनीहरुले एकसाथ हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखएको छ।
साँझ ५:४४ बजे निर्माणधीन घरबाट हाम फालेका उनीहरुलाई तत्कालै सिभिल अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जाएको छ।
प्रहरीका अनुसार अनिकेत भारत विहार घर भई हालः पेप्सीकोला बस्दै आएका थिए भने कृतिका घट्टेकुलोका स्थायी बासिन्दा रहेका थिए।