प्यूठान प्रदेश (ख) मा कांग्रेसबाट तीन जना सिफारिस
बुटवल : नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्बर (ख) को बिहीबार बसेको क्षेत्रीय समिति बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ।
क्षेत्रीय पार्टी सभापति रोज राणा, पूर्व जिल्ला पार्टी सभापति शालिकराम पण्डित र महाधिवेशन प्रतिनिधि मेनका घिमिरेको नाम सिफारिस गरिएको हो।
पहिलो नम्बरमा राणा, दोस्रोमा घिमिरे र तेस्रोमा पण्डितको नाम सिफारिस भएको क्षेत्रीय सभापति राणाले जानकारी दिए। तीन जनामध्ये पार्टी केन्द्रीय समितिले एक जनालाई उम्मेदवारका लागि टिकट दिने छ।
प्रदेश (क) मा ६ जना सिफारिस
प्रदेशसभा सदस्यका लागि प्यूठान (क) मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ। बिहीबार बसेको क्षेत्रीय समिति वैठकले उम्मेदवारको सिफारिस गरेको हो।
पार्टी पूर्व जिल्ला उपसभापति हुकुम बहादुर विष्ट, पूर्व जिल्ला कोषाध्यक्ष एवं महासमिति सदस्य मान वहादुर वली, वर्तमान जिल्ला सहसचिव नारायण ज्ञवाली, कोषाध्यक्ष दिपक केसी, जिल्ला समिति सदस्य रामचन्द्र पौडेल, क्षेत्रीय समिति सदस्य जेन्टिल गौतम र भरत कुमार श्रेष्ठको नाम सिफारिस भएको कांग्रेस जिल्ला सभापति विष्णु कुमार गिरीले जानकारी दिए।
प्रतिनिधी सभा सदस्यको सिफारिस शनिबार निर्णय हुने गिरीले बताए।