अटो पल्टिँदा १५ महिने बालकको मृत्यु, चार घाइते

अटो पल्टिँदा १५ महिने बालकको मृत्यु, चार घाइते

रोल्पा  : रोल्पाको सदरमुकाम लिबाङ-रेउघा सडक खण्डमा अटो रिक्सा पल्टिदा १५ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी गाउँपालिका-२ कि ललिता घर्तीको छोरा अनमोल रहेका छन्। 

बिहीबार बेलुका ५:३० बजे रोल्पाको लिबाङबाट रेउघा जाँदै गरेको रा १ ह ३०२२ अटो घट्ट खोला सडकमा पल्टिँदा घाइते  भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा अनमोलकी २८ वर्षीया आमा ललिता, रोल्पा नगरपालिका-१ कि ३३ वर्षीया मनकुमारी कवर, मनकुमारी कै छोरी  ११ वर्षीया रोशनी र रोल्पा नगरपालिका-१ हरिगाटिना कि १८ वर्षीया जानकी रावत समेत घाइते भएका छन्। उनीहरूको रेउघा अस्पतालमा उपचार भइरहेको छ।

रोल्पा नगरपालिका-२ मुलपानीका ५२ वर्षीय श्यामकुमार बुढाले चलाएको अटो अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अटोमा ६ जना सवार थिए। उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.