बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी : बैतडीमा बालबालिकासहित ५४ जना सवार रहेको बस दुर्घटनामा परेको छ । महेन्द्रनरबाट बैतडीको मेलौली गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो । 

बस शुक्ररबार बिहान करिब ४ बजे दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकुशल रहेको उनले बताए । केहीलाई समान्य चोटपटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । 

बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.