एमालेसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

एमालेसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन्। सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए। 

    
पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले भने,‘हामी गठबन्धनभित्रै सहमतीको प्रयासमा छौं, सिट बाँडफाँडको काम अन्तिम चरणमा पुगेको छ। सिटको संख्या र निर्वाचन क्षेत्रबारे पनि टुंगो लाग्दैछ, निर्वाचनमा वर्तमान गठबन्धन नै एक भएर जान्छ।’
    
एमाले प्रतिगमनकारी शक्ति भएकाले तत्काल सहकार्यको सम्भावना नरहेको उनले बताए। उनले भने,‘एमालेसँग तत्काल कुनै सहकार्यको सम्भावना छैन, प्रतिगमनकारी शक्तिसँग हामी सहकार्य गर्दैनौं। बरु यही गठबन्धनलाई थप शसक्त बनाएर निर्वाचनमा जान्छौं।’ आउँदो प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने पनि प्रचण्डले जानकारी दिए। एमाले नेता रामबहादुर थापा (बादल) सँग आफ्नो कुनै तुलना नहुने भन्दै उनले चितवन ३ बाटै चुनाव लड्ने बताए।
    
वर्तमान सत्ता गठबन्धनभित्रका सबै दलहरुलाई न्याय हुने गरी सिट बाँडफाँड हुने भन्दै उनले भने, ‘कुनै दलले एक्लै जित्ने क्षेत्रमा पनि गठबन्धनभित्रको अर्को दललाई सिट दिइने छ, संघमा एउटा दलको उम्मेदवार भए प्रदेशमा अर्को दलको उम्मेदवार हुनेगरी सहमति हुँदैछ। यसो भएमा गठबन्धनभित्रको मत बाहिर जाँदैन, हामीले जित्ने सुनिश्चित पनि हुन्छ।’ साथै उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको भन्दै चाँडै दुई दल एक हुने दाबी गरे। कर्णाली प्रदेश माओवादीको आधार क्षेत्र भएको र पार्टीको उपस्थिति पनि बलियो भएकाले कर्णालीमा माओवादीको सरकार बनाउने गरी प्रदेशको सिट बाँडफाँडको प्रयास भइरहेको प्रचण्डको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.