बैतडी एमालेले दुवै क्षेत्रमा उम्मेदवारको टुंगो लगायो : संघमा भण्डारी, प्रदेशमा भट्ट र पाल सिफारिस

बैतडी एमालेले दुवै क्षेत्रमा उम्मेदवारको टुंगो लगायो : संघमा भण्डारी, प्रदेशमा भट्ट र पाल सिफारिस

बैतडी : मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । 

प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि वर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका दामोदर भण्डारीलाई नै उम्मेदवार बनाउने सहमति भएको छ । दामोदर भण्डारी दोस्रो संविधान सभाको निर्वाचनमा त्यसपछि
बाम गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचन २०७४ मा  विजयी भएका  हुन् । उनी नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत हुन् । 

यसैगरी प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा उम्मेदवारको टुङ्गो लगाएको छ । क्षेत्र नं (क) बाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाल र क्षेत्र नं (ख)बाट लिलाधर भट्टलाई उम्मेदवार बनाउने सहमति भएको छ । लिलाधर भट्ट वर्तमान प्रदेश सभा सदस्य समेत हुन् । 

सर्बसहमतिअनुसार तीनैजनाको नाम प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने सहमति भएको नेकपा एमालेका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । स

र्बसहमतिअनुसार उम्मेदवारको नाम सिफारिस गरिएको हुनाले संघबाट उनीहरुको नै नाम आउने उपसचिव भण्डारीले बताए । बिहीबार साँझ बसेको बैठकबाट बैतडीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुको टुङ्गो लगाएको हो । 

एमालेले २२ गतेभित्र जिल्ला र क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाउन निर्देशन दिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.