सहकारीमा मर्जर लहर : ९ वटा संस्था मर्जरमा जाने

सहकारीमा मर्जर लहर : ९ वटा संस्था मर्जरमा जाने

काठमाडौं : सहकारीमा मर्जर लहर सुरु भएको छ। केही समयअघि पाँचवटा सहकारी मर्ज गर्न सम्झौता गरे लगत्तै शुक्रबार काठमाडौं र ललितपुरका ९ वटा सहकारीले मर्ज गर्न सम्झौता गरेका छन्। 

न्यूरोडको जीवनदिप, कोटेश्वरको सदस्य सेवा, कोटेश्वरकै शुभलाभ, भोटाहिटीको शुभरत्न, न्यूरोडको अष्ट, चाबहिलको एभरट्रष्ट, न्युरोडको हाम्रो सेवा, चाबहिलको सर्वोच्च संमृद्धि बचत तथा ऋण सहकारी  र कुमाटीपाटीको गंगाजल बहुउद्देश्यीय सहकारी मर्ज गर्न सम्झौता गरेका छन्। 

तीन महिनाभित्र मर्ज गरी शुभसेवा बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट एकीकृकत कारोबार हुनेछ। एक महिनाभित्र सबै संस्थाले साधारणसभा गर्ने छन्। एकीकृत संस्थाको अध्यक्ष यम्बर कार्की र कार्यकारी प्रमुखमा शितलप्रसाद शर्मा रहने सहमति भएको छ।

त्यस्तै संस्थाको उपाध्यक्षमा छत्रबहादुर बस्नेत, सचिवमा दीपक थापा मगर, कोषाध्यक्ष भवानी पोखरेल हुनेछन्। सञ्चालकमा नीरबहादुर श्रेष्ठ, सुरेश शर्मा, अनिल खड्का हुनेछन्। 

लेखा समितिको संयोजकमा एकराज बस्नेत र सदस्यमा प्रेमबहादुर बस्नेत, कृष्णप्रसाद पौडेल हुने सहमति भएको छ। 

मर्जरपछि संस्थाको सेयर पुँजी २७ करोड ३० लाख हुनुका साथै कुल कारोबार ६ अर्ब ४९ करोड हुने छ। ४ अर्ब ८९ करोड ६५ लाख निक्षेप संकलन गरी ५ अर्ब ३० करोड २८ लाख कर्जा प्रवाह हुने छ। 

संस्थाका सदस्य ६१ हजार ७ सय ४९ जना हुनेछन्। संस्थाका ऋणी सदस्य २ हजार ६३ जना हुनेछन्। संस्थाको तरलता ९७ करोड ८९ लाख अर्थात २० प्रतिशत रहेको छ। 

हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तरलता अभाव बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न मर्जर अभियान उपयुक्त हुने बताए। वास्तविक रूपमा एकीकरण हुन सके संस्थाको संख्या कम हुनुका साथै सदस्यलाई गुणस्तरीय सेवा दिन सकिने बताए। 

एकीकृत प्रस्तावित संस्थाका अध्यक्ष कार्कीले छिट्टै मर्जर प्रक्रिया टुंग्याएर एकीकृत कारोबार सुरु गर्ने बताए। 'मर्जरले तरलता अभाव न्यूनीकरण गर्न सघाउने छ,' उनले भने, 'सदस्यलाई गुणस्तरीय सेवा दिन सहज हुनेछ।'

मर्जर गर्नका लागि शुभलाभका अध्यक्ष याम्बरबहादुर कार्की, जीवनदीपका छत्रबहादुर बस्नेत, सदस्य सेवाका अध्यक्ष शितलप्रसाद शर्मा, शुभरत्नका अध्यक्ष भवानी पोखरेल, एभरट्रष्टका अध्यक्ष दीपक थापा मगर, गंगाजलका अध्यक्ष नीरबहादुर श्रेष्ठ, हाम्रो सेवाका अध्यक्ष सुरेश शर्मा, अष्टका अध्यक्ष अनिल खड्का, सर्वोच्च संमृद्धिका अध्यक्ष एकराज बस्नेतले हस्ताक्षर गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.