मूर्त अमूर्त सम्पदामा प्राचीन नेपाल

मूर्त अमूर्त सम्पदामा प्राचीन नेपाल

नेपालको प्राचीनता भौगोलिक स्थितिजन्य छ। भौगोलिक स्थिति पहाड शिखर, खोंच, ताल, तलैया र नदीनालायुक्त अवस्थितिले झकिझकाउ छ। काठमाडौं उपत्यकाको चर्चा गर्दा यो नागदहै थियो। सृष्टिको मिरमिरे उषाकालमा यहाँको तापक्रम अत्यन्त चिसो थियो। जनघनत्व वृद्धि, वनजंगल विनाश, वन्य जीवजन्तुको संहार वर्तमान अवस्था भोगाइका कारक तत्त्व रहेको छ। युरिया मल, नाइट्रोजन बाष्पबाट बन्छ।

वैज्ञानिक चमत्कारमा रमाउँदा तापमानको समस्याग्रम्य छ– सारा विश्व जगतै। प्रकृति प्रदत्त सृष्टि स्थिति, अवशान शाश्वत सत्य। प्राचीन नेपालको प्रतिविम्बसित अविभाज्य सत्य। युरिया मल नाइट्रोजनबाट बन्छ। नाइट्रोजन ओजन लेयरबाट प्राप्त हुन्छ। एटम्, नाइट्रोजन, हाइड्रोजन आदि शक्तिशाली विनाशकारी बमहरू प्रकृतिको दोहनबाटै बनिन्छ। यसको प्रयोग समुचित तवरले भइरहेको छैन।

प्रकृति, पर्यावरण र पृथ्वीकै विनाशतर्फ उन्मुख उग्र प्रहार भइरहेछ। मुखले रामराम गराईमा सखापमुखी ध्वाङ्ध्वाङ् वर्तमानको व्यथा बनेको छ। यो सिंगो हिमशिखर आठचुलीयुक्त राष्ट्र नेपालको कपाल दुखाइ होइन। यावत् भूगोलकै पनि। सगरमाथा–झ्यामोलोङ्मा–माउन्ट एभरेस्ट (८८४९ मि.), कञ्चनजंघा (८५८६ मि.), ल्होत्से (८५१६ मि.), मकालु (८४६३ मि.), छोयु (८६०१ मि.), धौलागिरि (८१६७ मि.), मनास्लु (८१६३ मि.), अन्नपूर्ण (८०९१ मि.) नेपाली वक्षस्थलका आठ शिखरवर्ती हिमचुली।

विश्वका अनेकानेक भागमा रहेका कयौं हिमचुलीका दुर्दशा कहालीलाग्दा छन्। फलस्वरूप विश्वतापमान अचाक्ली भत्भतिँदो छ। तापमान चुलिएर युरोपेली मुलुकका वयोवृद्धहरू भुटुक्किँदैछन्। आमसञ्चारका माध्यम सुसूचित गराउँदै छन्। यी सन्दर्भहरू विश्व परिवेशकै हुन्। हाम्रो नेपाल पनि विश्व परिवेशकै भएर सान्दर्भिक प्रसंग। कति मूर्तरूप भएर अझै भित्रभित्र लेसिएका अमूर्त पक्ष रहेका छन्।

‘प्राचीन नेपालको प्रतिविम्ब’ जसका मूर्त र अमूर्त पक्षका सरोकार जनाउन फुर्सदले फुर्सद दिएन। २०७९ भदौ ४ शनिबारको अन्नपूर्ण पोस्ट दैनिकको फुर्सदमा गोपीकृष्ण ढुंगानाको आवरण कथा पठन गरें। मनमस्तिष्कलाई डोर्‍यायो। सांस्कृतिक सम्पदा मनको चाहनामूलक। मनको धोको मेटाउनु आत्मसन्तोष। आत्मसन्तुष्टि दीर्घायुको संकेत। रचनाको आरम्भमै तीनवटा प्रतीकात्मक मूर्ति देखें। मूर्ति भन्नु मूर्तरूप। स्पष्ट साकार हेरिने, देखिने वस्तु तत्त्व। वस्तुतत्त्व तात्विक दर्शनयुक्त हुन्छ। तिनै तात्विक ज्ञान जुन स्पष्ट छैन हुन्न, अमूर्त तत्त्व।

मूर्त कलाकृतिसित गाँसिएका ब्रह्मज्ञान बोधिचक्षु खुल्नुसितै उघ्रिन्छ। यी र यस्तै सरोकारलाई भन्ठान्छु– मूर्तताभित्रको अमूर्त पक्ष। अमूर्त पक्षका सरोकार सागरीय गहनता जस्तै। जति डुबुल्किएर गोटाखोरिन सकियो उत्ति नै तात्विक तत्त्व हस्तगत हुने। चिन्तनको शौख र प्राप्ति यस्तै यसको सुखानुभूति अनुपम आनन्दमयी। भवतु सब्व मंगलम्। बुद्धमार्गी उद्गार उद्घोषण गर्छन्। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुःख भाग्जनः। पूर्वीय जीवन दर्शन अभिमुखीकरण गर्छन्। यिनमा अन्तरनिहित अर्थोभाव व्याख्या अमूर्त पक्षको उत्खनन। 

सञ्चार एवं साहित्यकर्मी ढुंगानाको आलेख ‘प्राचीन नेपालको प्रतिविम्ब’ पाशुपत क्षेत्रकै अनेकानेक पक्षका विम्बका सेरोफेरो चहार्छ। यस परिप्रेक्ष्य हुटहुटीलाग्दो सन्दर्भ पशुपति शब्द नै छ। पशुहरूका मालिक शब्दार्थ। आराध्य महादेव पशुहरूका नाथ–मालिक। लाग्छ, सृष्टिका प्रथम मुहूर्तमा महादेवले रूप धारण गरेथे। प्रथम जन्म उनले हिमवत् खण्डमा लिए, पाए। हिमवत् खण्ड पुराण वर्णन गर्छन्।

हिमवत् खण्ड त सृष्टिका प्रथम भूमि। महादेव उत्पत्ति हिमालकै काखमा भएको। महादेवकी अर्धांगिनी पार्वती हिमालकै काखमा भएकी। मूर्त आकृतिका अमूर्त कथा यिनै। अब लागौं प्राचीन नेपालको प्रतिविम्बतर्फ। अग्रभागमै तीन वस्तुगत चित्र अंकित छन्। पहिलो शिविलिङको प्रस्तर मूर्ति। त्यो मूर्ति सबै शैवहरूले आँखा चिम्ली भावपूर्ण आस्थापूर्वक ढोग्छन्। सबैले जे भजे, भाजे उही बन्छ धर्म, आस्था। परन्तु, शिवलिंग नै हुन्।

जलहरि अर्को विम्ब बोक्छ। योनिकै। लिंग स्वरूप, योनी स्वरूप– महादेव पार्वतीकै। स्त्री पुरुष दाम्पत्य जीवन वाहक–बाहिनी। लोकले ग्रहण गरेको चलन रीति बन्छ। रीति स्थिति बन्छ। रीतिस्थिति संस्कार बन्छ। संस्कार अनेक स्वरूप, संस्कृति बन्छ। संस्कृति जीवनचर्या। ती समग्रमा समाजको स्वरूप बन्छ। समाजले आफ्नो स्वरूप बनाएको कुनै चालचलनसित समाज समुदायको जीवन पद्धति बन्छ। यससितै गाँजिएका यावत् पक्ष प्रिय पवित्र ठानिँदै व्यवहृत रहन्छ। युगयुगीन पर्यन्त। यिनै मान्यतालाई पुख्र्यौली देन सम्झन्छौं हामी। जगेर्ना गर्छाैं गौरवपूर्ण शानले। भक्तपुरे म गौरवान्वित छु– शान, मान, नामैमा। बाँच्नुको बचाइ। 

जिउनुको जीवन्तता...।

जलहरि प्रतीक पार्वतीकै। प्रतीकात्मकतामा पार्वती पर्वत पुत्री। पर्वतकै गर्भगृहबाट प्रजनित–जन्मेकी शैलजा। शैलजा शैलपुत्री। जलहरि उनकै योनी। योनी मुत्राशय। मुत्राशय मुत्रद्वार। शिवको शिरबाट टप्टप् टप्किएका जल प्रवाहित हुने जलहरि–जलधारा प्रवाहित हुने अंग। कत्रो विम्ब बोक्छ यो। विम्ब संस्कृतिका गुह्यधन। विवेचना, विश्लेषण, संश्लेषण आदिसित रमाउने जीवन पद्धतिमा रमाउनु आल्हाद मेरो अवशान उन्मुख बाँच्नुको आनन्दी क्षणहरू। प्राचीन नेपालको प्रतिविम्बसित रमाई छम्छमाएको क्षण मेरो मातृभूमि खोपृङ्, ख्वप, भादगाउँ, भक्तपुरलाई अनि। सिंगो हिमवत् खण्ड नेपाल भूमिलाई।

पार्वतीकै पौराणिक, ऐतिहासिक सन्दर्भलाई माला गाँसेर गीति कवि–किरण खरेलले गीत रचे। गाए गीत, ‘हिमालको छोरी हुँ म, पार्वती हो नाउँ’ नितान्त संगीतमय बोल। सुरिलो स्वर। आकर्षक–हृदयस्पर्शी। प्रसंग बसका प्रसंग यताध्य रामायणम्...। शिवलिंग–जलहरी हाम्रा। पाश्चात्य संसार पनि यस प्रतीकात्मक मूर्तिलाई फालिक सिम्बोल नै भन्छन्। यसका साथै एक वखल पनि सँगै चित्रित छन्। झट्ट हेर्दा त्यो नि लघुआकृति मूलक देखिन्छ शिवलिंगकै।

एकै परिवेशमा जमघट गर्दा एक समान चिन्तनधारी सोक्त बन्दोरहेछ। यसबाट अनुभूत भएछु। यसै परिवेशमा केही ग्रन्थावलीहरू देखाइएका छन्। लाग्छ ती पूर्वीय दर्शनमा आधारित प्राचीन ग्रन्थावली हुन्। ‘प्राचीन नेपालको प्रतिविम्ब’ आलेखमा पशुपति संग्रहालयका वर्णन पढें। घतलाग्दा यथेष्ट ऐतिहासिक महत्त्वका सांस्कृतिक सम्पदाका उल्लेखहरू पढ्दा नवनीत झिल्काका झलक देखें। पखेटाधारी प्राणी हुँदो हुँ त हुरक्क उडेर दर्शनार्थी बन्दो हुँ। हुन त ग्वंगः (भाले कुखुरो) नै। लुइँचे घरानको परिनछु। लुइँचे स्वतन्त्र निर्बन्ध वन्य प्राणी। हरियाली तन्नेरी अवस्थाजन्य स्वच्छन्दताका प्रतीक घर गृहस्थ सामाजिक घरपालुवा ग्वंग उन्मुक्तिका विम्ब आत्मसात् गरोइन। विवश छु।

संग्रहालयका सांस्कृतिक सौन्दर्य पुरातात्त्िवक वस्तुका खानीकै झझल्को उदायो मन–मस्तिष्कभरि। अंशुवर्माकालीन मुद्राहरू, बेलायतमा छापिएका हिमालकै पृष्ठभूमिमा शिवका तपश्यामुद्राधारी शदीयौं पुराना हुलाक टिकट पुरातात्त्िवक सांस्कृतिक सम्पदा नै श्री ५ त्रिभुवनका श्रीपेच कल्कीअंकित कागजी मुद्रादेखि राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रकालीन कागजी मुद्राहरू साँच्चै गौरवगाथाका वर्णन घट्लाग्दा आकर्षण।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.