नेकपा एकीकृत समाजवादी बर्दियाले गर्यो उम्मेदवारको नाम सिफारिस
गुलरिया : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।
पार्टीले जिल्लाका दुई संघीय र चार प्रदेशका लागि महिला सहितका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को उम्मेदवारका लागि कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्र राज आलेलाई सिफारिस गरिएको नेकपा एस बर्दियाका अध्यक्ष प्रेम पोखरेलले बताए।
प्रदेश सभा सदस्यका लागि बर्दिया क्षेत्र नम्बर १ (क) तर्फ डिलबहादुर केसी, यमुना बिक र डोङला थारू छन्। क्षेत्र नम्बर १ (ख) तर्फ प्रेम प्रसाद पोख्रेल, कमला घिमिरे र नारायण प्रसाद चौधरी तथा हरिशचन्द्र यादव (मधेसी कोटा) बाट सिफारिस भएका छन्।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा लोकमणि आत्रेय, वैद्यनाथ झा, जुना कार्की र बिसतिया थारू (थारू जनजाति कोटा) सिफारिस गरिएको छ।
प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (क) तर्फ दुर्गा बहादुर रिमाल, लक्ष्मीकान्त शर्मा, शान्ति चौधरी (थारू कोटा) र सुसिला थापा मगर जनजाति कोटामा छन्।
क्षेत्र नम्बर २ (ख) तर्फ बमबहादुर रावल, शुजना थापा क्षेत्री, अग्नि प्रसाद अर्याल र पुनाराम थारू (थारू जनजाति कोटा) सिफारिस गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।