दार्चुलामा गौराको रौनक
दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका-३ मा गौरा पर्व सुरु भएको छ।
आज अष्टमी तिथिका दिन लाग्ने गौरा जिल्लाकै ठूली गौरा हुने पौराणिक किंवदन्ती रहेको मालिकार्जुन पर्यटन विकास पूर्वाधारका सचिव जनक सिंह धामीले बताए। दार्चुलामा हुने गौरा पर्व प्रदेशकै ठुली हुने उनले बताए।
विशेषगरि महिलाहरूले मनाउने पर्वमा भक्तजनको घुइँचो रहेको छ। उक्त पर्वमा मालिकार्जुन गाउँपालिका अधिकाश मानिसहरू ,शैल्य शिखर नगरपालिका, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका मानिस आउने गरेका छन्। श्रदालु भक्तजनले उक्त मन्दिरमा पूजा आराधना गरी भेटी चढाउने गर्छन्।
मालिकार्जुन मन्दिरमा चढाएको भेटी एकैदिन कम्तिमा ५०/६० हजारसम्म हुने अनुमान गरिएको छ। मालिकार्जुन मन्दिरमा लागेको गौरा पर्व निकै शान्त र मर्यादित भएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले बताए।