विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र सरसफाई किट वितरण

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र सरसफाई किट वितरण

जाजरकोट : नेपाल रेडक्रस सोसाइटी जाजरकोटले कोभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमअन्तर्गत जाजरकोटमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री र सरसफाई किट वितरण गरेको छ। 

जिल्लाका तीन विद्यालयका तीन सय छात्रछात्रालाई उक्त सामग्री वितरण गरिएको हो।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको कोभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमअन्तर्गत जाजरकोटमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र सरसफाई किट वितरण गरिएको हो।

जिल्लाको भेरी नगरपालिका-१ मा रहेको भेरी त्रिवेणी मावि रिम्ना, नलगाड नगरपालिका- ३ मा रहेको सुर्यादय मावि कैना र बारेकोट गाउँपालिकामा रहेको विरेन्द्र ऐेश्वय मावि लिम्सामा अध्ययनरत एक सय विद्यार्थीलाई शैक्षिक सामग्री र एक सय बढी विद्यार्थीलाई महिनावारी स्वच्छता सामग्री र सरसफाई किट प्रदान गरिएको छ।  

विपन्न बालबालिकालाई झोला, स्कुल पोशाक, एक दर्जन कपी, एक दर्जन डटपेन, एक दर्जन सिसाकलम, ज्यामिति बक्स, बोटल र रुमाल प्रदान गरिएको कार्यक्रमका फोकल पर्सन भीम बहादुर साउदले बताए। 

विद्यालयलाई सरसफाई सम्बन्धिमा सामग्रीहरू पनि वितरण गरिएको थियो। जसमा ब्रस, हारपिक, फिनायल, साबुन, टायल, डष्टविन, फिल्टर, स्यानेटरी प्याड, टाबेल, नेलकटर, ग्लोब, फोहोर जलाउन भाडा, ऐना, बाल्टिन, माकस, स्यानिटाइजर प्रदान गरिएको छ। 

त्यस्तै उक्त विद्यालयका किशोरीलाई महिनाबारी स्वच्छतासम्बन्धी सामग्री पनि वितरण गरिएको थियो।

जिल्लाको छेडागाड नगरपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा विभिन्न गतिविधि गर्दै आएको छ। 

जिल्लामा विशेषगरि कोभिड-१९ को खोपबारे जनस्थरमा चेतना जगाउनुका साथै सरकारले ल्याएको खोप र खोपु अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोगी निकायका रूपमा कार्य गरिरहेको सभापति हरिबहादुर बस्नेतले बताए। 

विद्यालयमा रेडक्रसबाट सञ्चालन भएको कार्यक्रमले शिक्षक विद्यार्थीलाई निकै फाइदा पुगेको र आगामी दिनमा सरसफाईको क्षेत्रमा विद्यालयले नै अग्रसर भई काम गर्नपर्ने भेरी त्रिवेणी माविका शिक्षक रुद्र वलीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.