बाँदरको आक्रमणबाट आमाछोरा घाइते

बाँदरको आक्रमणबाट आमाछोरा घाइते

 बैतडी : बाँदरको आक्रमणबाट आमाछोरा घाइते भएका छन् ।

 जिल्लाको पुर्चौडी नगरपालिका- ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मणलाई आइतबार बिहान बाँदरले आक्रमण गरी घाइते बनाएको हो । 

मकैको रेखदेख गर्न आफ्नै बारीमा रहेका आमा छोरालाई बाँदरले आक्रमण गरी घाइते बनाएको स्थानीय हरिश साउदले जानकारी दिए । 

घाइते दुवैको पुर्चौडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

आमाको पाखुरा, घाँटी, अनुहार र ढाडमा चोट लागेको छ भने, छोरा लक्ष्मणको पनि खुट्टा र पेटमा चोट लागेको उपचारमा संलग्न हाट स्वास्थ्य चौकीका अहेव दिपेन्द्र धामीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.