कांग्रेस रौतहट १ बाट प्रदेश सभामा नागेन्द्र साह र कृष्णप्रसाद यादव सिफारिस

कांग्रेस रौतहट १ बाट प्रदेश सभामा नागेन्द्र साह र कृष्णप्रसाद यादव सिफारिस

रौतहट : कांग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेश सभा सदस्यको नाम सिफारिस गरेको छ । 

शनिबार बसेको कांग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’मा कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको नाम सिफरिस भएको हो । 

कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्येक्ष र समानुपातिक दुबै तर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए । 

त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र १ ‘ख’बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, जिरन्जिवी सिंह, सन्तु प्रसाद यादब, प्रकाश सिंह लगायतका नेताहरुको सर्वसहमत रुपमा नाम सिफारिस भएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रदेश सभापति यादबकै नाम सिफारिस भएको कांग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेश कुमार गुप्ताले बताएका छन् । ती क्षेत्रमा गठबन्धन हुने निश्चित भएकाले दुबै पदका लागी सभापति यादवकै नाम सिफारिस गरिएको गुप्ताको भनाइ छ । 

जिल्लाबाट प्रदेश कार्य समितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले यादवलाई कुनै एक पदमा चयन गर्नेछ । अहिले सत्ता गठबन्धनले भागबण्डा टुङ्ग्याउन सकिरहेको छैन ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल प्रतिनिधि सभा सदस्य गठबन्धन भएमा प्रदेश सभापति कृष्ण प्रसाद स्वतन्त्र उम्मेदवार बन्नेछन् । त्यस्तै, कांग्रेसको गठन्धनको तर्फबाट पाउने निश्चित छ । 

कांग्रेस कृष्ण यादवले प्रदेश सभातर्फ क्षेत्रका १ ‘ख’का लागि उम्मेदवार सिफारिस गरिसकेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.