मिश्रित जातजातिमा नेपाली समाज

मिश्रित जातजातिमा नेपाली समाज

काठमाडौं : अन्वेषक खेमराज नेपालको पुस्तक 'मिश्रित जातजाति हामी नेपाली' शुक्रबार राजधानीमा विमोचन गरिएको छ। 

नेपाली समाजको बनोट : आरम्भदेखि मध्यकालसम्म समेटेर लेखिएको उक्त पुस्तकको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र मानवशास्त्री प्राध्यापक डा. डिल्लीराम दाहालले गरेका थिए।

कुलपति उप्रेतीले मानवशास्त्रको महत्वपूर्ण पक्षलाई यथार्थपरक प्रस्तुतिमा कृति तयार भएको बताए। 

उनले भने, 'नेपालको ठूलो तागत भनेकै बहुलता हो, मिश्रित जातजाति हो। मिश्रित भएरै अनेक संस्कृतिका कारण हामी धनी छौं। पुस्तकले यसबारे गहनतम् खोज गरेको छ।' 

मानवशास्त्री प्राध्यापक डा. डिल्लीराम दाहालले जातजातिबारे थुप्रै पुस्तक भए पनि मिश्रित जातजातिबारे त्यसमा पनि आरम्भदेखि मध्यकालसम्मको चिरफार गरेको पुस्तक यो नै एकमात्र भएको बताए। 

उनले भने, 'पुस्तकको मुख्य विषय नेपालीहरू को थिए र को हुन् र नेपाल प्रागऐतिहासिक समयदेखि नै एउटा मिश्रित जातिको देश हो भन्ने छ।'

त्रिभुवन विश्वविद्यालय मानव शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. विनोद पोखरेलले हालसम्म विदेशीले आफ्नै सैद्धान्तिक फ्रेमभित्र ऐंच्याएर नेपालका जातजातिको अध्ययन गरे तर नेपाली समाजलाई यसरी खुला रूपमा नगर्दा धेरै कुरा गुमराहमै रहेको बताए। 

लेखकले मिश्रित जातजातिबारे गहन अनुसन्धान गरेको बताउँदै थपे, 'सिद्धान्तसँग जोडेको भएको अझ भव्य हुने थियो। यद्यपि नेपाली समाजशास्त्रीको व्यापक र फरक दृष्टिकोण आएको छ।

नेपाल विकास अनुसन्धान परिषद्का अध्यक्ष एवं संयोजक डा. नवराज खतिवडाले लेखकले सबै जातजातिबारे शास्त्रीय प्रभाव र वैज्ञानिक व्याख्या गरेको बताए। 

उनले लेखकले आगामी पुस्तकका लागि लेख्न सक्ने सम्भावित विषयबारे पनि जानकारी दिए। लेखक नेपालले हामी सबैका पुर्खा को थिए? कहाँबाट आए? पुर्खा शुद्ध रक्त-नश्ल वंशबाट बनेका हुन् कि होइनन्? आदि विषयमा अनुसन्धान केन्द्रित रहेको स्पष्ट पारे।

मकालु प्रकाशन गृहद्वारा प्रकाशित पुस्तकको सम्पादन गोपीकृष्ण ढुंगानाले गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.