राईको 'सञ्चो छ कि रोदन'
काठमाडौं : गीतकार श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ।
साहित्य एवं सञ्चारकर्मी उनले मनमा बी राईको स्वरमा 'सञ्चो छ कि रोदन' बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्।
२०७५ सालमा उनले शिला खनालको स्वरमा 'मधुमासमै मीठो साथ छुटेपछि रोएँ' बोलको पहिलो गीत रेकर्ड गराएका थिए।
राईका शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्युजिक नेपालको युट्युब च्यानलबाट हालै सार्वजनिक गरेको हो।
१० बर्से शिक्षण पेसा छाडेर राजधानी आएका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्। उनका बालकथा संग्रह 'पोलेको मकै' र 'टोली नेता' प्रकाशित छन्।
यस्तै, उनी बालकथाका साथै लघुकथा, हाइकु, मुक्तक, गजल, कविता आदि विधामा कलम चलाउँछन्।