‘गठबन्धनबाट विकास भएको इतिहास छैन’

‘गठबन्धनबाट विकास भएको इतिहास छैन’

धनगढी : नेकपा एमालेमा महासचिव शंकर पोखरेलले विश्वमा कुनै पनि देशको गठबन्धनबाट विकास भएको इतिहास नभएको बताएका छन। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी दार्चुला र डडेलधुराको पार्टी प्रशिक्षण सकेर राजधानी फर्किने क्रममा अत्तरियामा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन। 

‘राजनीतिक आन्दोलनका लागि संयुक्त गठबन्धन आवश्यक पर्छ। हामीले पनि जनआन्दोलनका लागि गठबन्धन गरेका हौं तर जब मुलुकको समृद्धि र विकास प्रश्न आउँछ। त्यहाँ बलियो नेतृत्वको आवश्यकता पर्छ। विश्वमा कुनै पनि राष्ट्रको विकास गठबन्धनका नामबाट भएको हामी सुन्दैनौं’ पोखरेलले भने। 

उनले विकास र समृद्धिका लागि तीनवटा कुरा आवश्यक रहेको बताए। ‘विकास लागि ३ कुरा चाहिन्छ। पहिलो, भिजनरी लिडरसीप, दोस्रो, स्ट्रोंग पोलिटिकल पार्टी’ र तेस्रो, ‘पोलिटिकल स्ट्याबलिटी’। यी तीन कुरा भयो भने मात्रै देशमा समृद्धि र विकास हुन्छ’, महासचिव पोखरेलले भने। 

नेता पोखरलले नेपाली कांग्रेसले नीतिगत नेतृत्व गर्ने सामथ्र्य गुमाइसकेको बताए। ‘कांग्रेस जो एमालेको हाराहारीको संगठन छ उसले नीतिगत नेतृत्व गर्ने सामथ्र्य गुमाइसकेका छ’, पोखरलेलले भने। उनले एमालेको सरकारका पालामा भएको विकास देखेर बाह्य शक्तिको इसारामा पाँच दलीय गठबन्धन बनेको आरोप लगाए। 

‘तपाईलाई थाहा छ, काठमाण्डौं–निजगढ फास्ट ट्र्याक रोक्न कति प्रयास भए। हामीले आफ्नो गुमेको भू–भाग नक्सामा समेट्यौं। संविधानसभाबाट संविधान बनायौं। एमालेको पालामा ठूल्ठूला विकास निर्माणका कामहरू सुरुआत भए। त्यसले गर्दा अत्तालिएकाहरूले बाह्य शक्तिको इसारामा पाँच दलीय गठबन्धन जन्माए’, पोखरेलले भने। 

यी सब कुरा प्रधान न्यायाधीशको महाभियोग प्रकरणबाटै छर्लंग भएको उनले बताए। ‘प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रकरणबाटै छर्लंग भइसक्यो। एमालेको सरकार हटाउन केके प्रपञ्च गरिएको रहेछ ?  कुन नियतले गठबन्धन बनेको थियो। कसको इसारामा परमादेशको सरकारको बन्यो। अब भन्न केही बाँकी छ र ?  जनताले सबै कुरा बुझिसकेका छन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.